काठमाडौं । काठमाडौं । नेपालको अर्वपति उद्यमी विनोद चौधरीले कांग्रेस प्रवेश गर्दै मुख खोले– मेरो मनको लक्ष्य भनेको राजनीतिको उच्चतम विन्दुमा पुग्नु नै हो । अर्थात प्रधानमन्त्री, राष्ट्रपति बन्ने सपना सजाएर उद्यमी विनोद चौधरी नेपाली कांग्रेस प्रवेश गरेका रहेछन् । यसपटक उनी कांग्रेसको समानुपातिक उमेदवार बनेका छन् र कांग्रेसलाई बहुमतका साथ जिताउने प्रचार अभियानमा जुटेका छन् । विनोद चौधरीले उद्यम क्षेत्रबाट नेतातन्त्रमा छलाङ् हाने ।
पार्टीको आर्थिक समृद्धि र विकास समन्वय उपसमिति संयोजक बनेका विनोद चौधरीले आजसम्म उद्यम गरेर मैले यस दिशामा जे–जति जानो, आफ्नो बााकी समय त्यसलाई राजनीतिको माध्यमबाट मुलुकको परिवर्तनको पक्षमा लगानी गर्ने निर्णय गरें । यसमा नेपाली कांग्रेस र पार्टीका नेताहरूबाट सहयोग भयो । उहाँहरूले मलाई केही ठोस काम गर्ने वातावरण प्रदान गर्नुभएको छ । म जुन दिनदेखि नेपाली कांग्रेसमा प्रवेश गरें, त्यही दिनदेखि पूर्ण रूपमा राजनीतिक काममा मात्रै संलग्न छु भनेका छन् । उद्योग क्षेत्रमा व्यापक सफलता हासिल गरेका विनोद चौधरीले नेपाली राजनीति र प्रशासनको नसनाडी छाम्नेसक्ने अनुभवी बैद्य जस्ता भएकाले उनको लक्ष्य प्रधानमन्त्री अथवा राष्ट्रपति बन्ने, पूरा होला त ?