Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सेना किन परिचालन भयो ?

०४ सोमबार , मंसिर २०७४७ बर्ष अगाडि

काठमाडौं । रक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपाली सेना उमेदवारको सुरक्षामा केन्द्रित भएर होइन, आम मतदातामा सुरक्षाको पूर्ण प्रत्याभूति गराउँदै निर्वाचन सुरक्षित एवम् विश्वसनीय वातावरण तयार गर्नका लागि र मतपत्रको छपाइ, ढुवानीजस्ता काममा नेपाली सेनाले सुरक्षा दिदै आएको स्पष्ट शव्दमा प्रष्ट पारे । प्रधानसेनापतिले सबै भ्रमलाई चिर्दै नेपाल प्रहरीर सशस्त्र बलको काबुबाहिरको परिस्थिति सिर्जना भएमा पमुख जिल्ला अधिकारीको आदेशमा सेना परिचालन हुने कार्यादेश भएको पनि बताएका छन् । यसकासाथै प्रधानसेनापति क्षेत्रीले उमेदवारलाई तारो बनाएर गरिएका आक्रमणले मुलुकमा राजनीतिक अस्थिरता निम्त्याउने उच्छृङ्खल क्रियाकलाप भएको पनि प्रष्ट पारेका छन् । अर्थात सेना सतर्क छ, सचेत र अप टु डेट छ भन्ने जानकारी पनि सार्वजनिक भएको छ ।
यसअघि रक्षा मन्त्री भीमसेनदास प्रधानले भयरहित वातावरणमा निष्पक्ष निर्वाचन गर्न सरकार कटिवद्ध रहेको बताएकाथिए । मन्त्रीले क्यानडामा भएको राष्ट्रसंघीय शान्ति स्थापना सम्बन्धी मन्त्रिस्तरीय सम्मेलन उपलव्धिपूर्ण भएको जानकारी गराउन पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।