Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

केपी बाँड्दैछन् कम्युनिष्टको प्रमाणपत्र

२७ सोमबार , कार्तिक २०७४७ बर्ष अगाडि

काठमाडौं । मंसिर ९ गते अर्थात चुनाव अघि नै एमालेमा माओवादी केन्द्र बिलयन हुनेछ भन्ने प्रचारलाई ओलीले नै इन्कार गरिदिएका छन् । एकीकरण चुनावपछि भनेर ओलीले प्रष्टिकरण दिएका छन् ।
यद्यपि प्रचण्ड कम्युनिष्ट केन्द्र बनाउने सपनामा लागिरहेकै छन् र केपी ओली मुखिया बनेर धमाधम एमालेमा आउन चाहने कम्युनिष्टहरुलाई प्रमाणपत्र वितरण गर्ने अधिकारीझैं रातो टिका लगाएर पार्टी प्रवेश गराइरहेका देखिन्छन् । मानौं, केपी ओली एमाले कम्युनिष्ट विश्वविद्यालयका आधुनिक हर्ताकर्ता कूलपति नै हुन् ।
केपी ओली अहिले पनि हरेक चुनाव क्षेत्रमा गत चुनावमा एमाले र माओवादीले प्राप्त गरेको मत संख्या मिलाउँदा कांग्रेस बिलाउने र हारको घुट्को पिलाउने दम्भ प्रदर्शन गरिरहेका छन् । यसकारण ओली भन्छन्– मंसिर १० र २१ को चुनावमा एमालेले दुईतिहाई मत ल्याउँछ र ५ वर्षसम्म स्थिर सरकार चलाउँछ ।
यतिमात्र होइन, एमालेका उमेदवारहरुलाई जिताउने जिम्मेवारी त छ छ, झापाबाट राप्रपाका उमेदवार राजेन्द्र लिंगदेनलाई जिताउने र अन्य क्षेत्रमा माओवादीका सबै उमेदवारलाई जिताउने जिम्मेदारीसमेत ओलीको काँधमा छ । ओलीले अधिकांश उमेदवारले जित्ने दावी गर्दै चुनाव प्रचार गरिरहेका छन् ।
ओली हौसिएर असोज १७ गतेको बारबार सम्झना गर्दै भनिरहेका छन्– त्यही दिन हामीले घोषणा गरेका हौं, निर्वाचनमा तालमेल र त्यसपछि पार्टी एकता हुन्छ । वाम गठवन्धनबाट हतास भएकाहरुले गठवन्धनबिरुद्ध गलत प्रचार गरिरहेको र त्यसलाई वाम, प्रगतिशील र राष्ट्रवादी शक्तिले बुझेका छन् ।
यतिबेला मोहनविक्रम सिंहसमेत कायल होलान्, उनलाई कम्युनिष्टको भीष्मपितामह भन्नेहरु छक्क परेका होलान् किनभने केपी ओलीभन्दा धुरन्धर कम्युनिष्ट त अरु हुनै नसक्ने देखियो ।
राजनीतिभित्रको राजनीति बुझ्नेहरु समेत प्रचण्ड बाँस नुहेझैं नुहेर ओलीका सामु प्रस्तुत भएको विषयबाट चकित परेका छन् । प्रचण्डजस्ता जण्डो व्यक्ति चानचुने तरिकाले झुक्ने व्यक्ति त हुँदै होइन, चुनाव जित्न र सत्तामा पुगेर आत्मरक्षा र शक्ति सुरक्षाकै लागि प्रचण्डले विष पिएको भन्नेहरु पनि छन् ।