Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सेनाले चुनावी सुरक्षा कमाण्ड सम्हाल्यो

२० सोमबार , कार्तिक २०७४७ बर्ष अगाडि

काठमाडौं । पृतनापतिहरुको रिपोर्ट लिएर चिन्तन, मननका साथ आवश्यक निर्णय गर्दै जंगीअड्डाभित्रको रणनीति तयार भएको छ । चुनावका बेलामा साना हतियार, स्थानीय तहमा वाम र लोकतान्त्रिक गठबन्धनवीच हुनसक्ने झडप, विप्लव समूहको गतिविधि र तराईमा सिके राउतलगायतका भूमिगत सशस्त्र समूहको गतिविधिलाई चुनावी सुरक्षाको मुख्य चुनौती मानिएको छ ।
पृतना बैठकले यी सबै चुनौती आइहाल्यो भने तत्काल समाधान गर्न ६० हजार सेनाको सुरक्षा सतर्कता कायम राख्ने निर्णय पनि भएको छ ।
रक्षामन्त्रीले उद्घाटन गरेर फर्केपछि प्रधानसेनापति राजेन्द्र क्षेत्रीको नेतृत्वमा बसेको पृतना बैठकले जुनसुकै प्रकारका चुनौतीलाई कमजोर नआँक्ने र विखण्डनकारी शक्तिहरुलाई कसरी समन गर्ने भन्ने नीति तैयार गरेर पृतनापतिहरुलाई निर्देशनका साथ कार्यक्षेत्र पठाइएको छ ।
पृतना बैठकमा प्रधानसेनापति राजेन्द्र क्षत्री, बिहीवारै कार्यकाल सबिकएका बलाधिकृत रथी बलदेवराज महत, बलाध्यक्षरथी पूर्णचन्द्र थापा, सैनिक गुप्तचर महानिर्देशनालयका प्रमुख जगदीशचन्द्र पोखरेल, सेनाको विशेष वाहिनीपति बाबुकृष्ण कार्की तथा उपत्यकाका प्रमुख कार्यालयका प्रमुखहरु लगायत पूर्वी पृतनापति गौरब तण्डुल, मध्यपूर्वी पृतनापति ईश्वर हमाल, मध्यपृतनापति प्रभुराम शर्मा, उपत्यका पृतनापति पूर्ण सिलवाल, पश्चिम पृतनापति देवेन्द्र बहादुर मेधासी, मध्यपश्चिम पृतनापति राजेन्द्र कार्की, उत्तरपश्चिम पृतनापति कर्मेन्द्र लिम्बु र सुदुरपश्चिम पृतनापति झंकरबहादुर कडायत पनि सहभागी थिए ।
सैनिक प्रबक्ता सहायकरथी नैनराज दाहालले निर्वाचन सुरक्षा सम्बन्धी एक दिने छलफल कार्यक्रममा समग्र बिषयमा छलफल भएको र उत्पन्न सुरक्षा चुनौति सामना गर्न सेना तयार रहेको जानकारी दिएका छन् । समाचारअनुसार पृतनापतिहरुको ब्रिफिङपछि प्रधानसेनापति क्षत्रीले अन्तरक्रियाबाट प्राप्त भएका महत्वपूर्ण सुझावका आधारमा सेना अघि बढ्ने बताए । सैनिक प्रबक्ता नैनराज दाहालका अनुसार सेनाको सुरक्षा घेरा तेश्रो लहरमामात्र हुने छ । निर्वाचनमा ६० हजार २० जना सैनिक खटिएका छन् । सेनाले सबै पृतनामा हेलिकोप्टर तैनाथ गर्नेदेखि मतपत्र छपाई, मतपत पुर्‍याउने र अन्य सुरक्षामा सेना खटिएका छन् । हरेक मतदान केन्द्रमा बम डिस्पोजल टोली खटाइएको छ । मतदाता र मतदान केन्द्रको सुरक्षाका लागि मोबाइल टिमले सबैतिर गस्ती गर्नेछन् ।