Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेपाल प्रहरीका आइजीपीजति सबै भ्रष्टाचारी

२० सोमबार , कार्तिक २०७४७ बर्ष अगाडि

काठमाडौं । अख्तियार निन्द्राबाट ब्यूँझिएको छ । अख्तियारले पूर्वआइजीपी उपेन्द्रकान्त अर्याललाई अकुत सम्पत्ति थुपारेको आरोपमा बयान लिएको छ ।
यी तिनै उपेन्द्रकान्त हुन् जसले एउटी महिला डीआइजीको पालो मिचेर सर्वोच्च अदालतका प्रधानन्यायाधीशको नेतृत्वको सरकारमा आइजीपी बन्ने सौभाग्य पाएका थिए । महिला कमजोर हुन्छन्, यिनी काविल छन् भनेर रातारात आइजीपी बनाइयो, अहिले देखियो, यिनीमाथि अख्तियारले अकुत सम्पत्ति थुपारेको प्रमाणका आधारमा छानबिन सुरु गरिसकेको छ । हुन त यिनीसँगै पूर्व मुख्यसचिव राजेन्द्र किशोर क्षेत्री, बहालवाला सचिव गजेन्द्र ठाकुर, अर्जुनकुमार कार्की, महानगरपालिकाका दुई डीएसपी धनपति सापकोटा र राजुनाथ पाण्डे र पूर्वसचिव विश्वप्रकाश पण्डित पनि तानिएका छन्, तथापि सुरक्षा निकायका जति पनि प्रमुखहरु भए, सबै लहरै, लस्करै भ्रष्टाचारमा मुछिनु भनेको सत्य सेवा सुरक्षाको मूलमन्त्रमाथि नै घात हो कि होइन ? तैपनि प्रहरी सेवा स्वच्छ हुनेतिर लागेको देखिदैन ।
हुन त यसरी अकुत सम्पत्ति आर्जन गर्नेहरु डेढसयमाथि अख्तियारले छानबिन चलाइरहेको स्रोतको दावी छ तर सुरक्षा निकायका आइजीपीहरु नै धमाधम भ्रष्टाचारमा मुछिनु भनेको नेपाल प्रहरी र सशस्त्रको घोर बेइज्जति हो कि होइन ?
सशस्त्रमा सनतकुमार बस्नेत, कोषराज वन्त भ्रष्टाचारमा फसे भने वर्तमान आइजीपी सिंहवहादुर श्रेष्ठमाथि पनि अख्तियारमा उजुरी परेको छ ।
नेपाल प्रहरीमा चौधौं आइजीपी मोतीलाल बोहरादेखि नै आइजीपीहरु अचुतकृष्ण खरेल, ध्रुवबहादुर प्रधान, प्रदीपशमशेरजबरा, श्यामभक्त थापा, ओमविक्रम राना, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी, रविन्द्रप्रताप शाह, कुबेरसिंह रानादेखि उपेन्द्र कान्त अर्याल र अहिलेका प्रकाश अर्यालसमेत कुनै न कुनै भ्रष्टाचारमा मुछिएका छन् ।
वर्तमान आइजीपी प्रकाश अर्याल त म्यादी प्रहरी भर्नै नगरी तिनको चुस्ता लगायतका सामान खरिदमा मुछिएका छन् भने सकल दर्जाका लागि आवश्यक बन्दोबस्ती र अन्य सरसामान खरिदमा ठेकेदारसँग मिलोमतो गरेर कमिशन पड्काउने धुनमा लागेको आरोप छ ।
यति मात्र होइन, प्रधानमन्त्रीले जयबहादुर चन्दलाई आइजीपी बनाउने खेल खेलेको थाहा पाएका अर्यालले यही मौकामा किन नकमाउने भनेर पूर्वआइजीपी उपेन्द्रकान्तको सल्लाहमा धमाधम कमाउने मेसो मिलाएको सम्म आरोप खेपिरहेका छन् । आरोप त प्रकाश अर्यालभन्दा छायाँ आइजीपी उपेन्द्रकान्त अर्याल बढी शक्तिशाली भन्ने पनि नक्साल हेडक्वार्टरमा चर्चा व्यापक सुनिन्छ ।
एकातिर मुलुक निर्वाचनमा होमिएको छ भने हरेक दिनजसो विदेशी सुटर पक्राउ पर्ने, सुन समातिने तर मालिक भगाइने प्रकरणहरुले पनि नेपाल प्रहरीको क्षमतामा निकै ह्रास आएको मानिदैछ । आफ्नो सुरक्षाकर्ममा भन्दा कमाउने धन्दामा सडकका ट्राफिक, नाका नाकादेखि एयरपोर्टका ढोकासम्म खटिने प्रहरीको खेती नै कहाँबाट पैसा आउँछ भन्नेमा केन्द्रित देखिन्छ । पैसाकै लागि अफ्रिकाबाट चिम्पाञ्जी र चराहरु नेपाल भित्रिरहेको पनि प्रहरीकै सेटिङमा हो र नेपालाबट मानव तस्करीमासमेत प्रहरीको मिलोमतोले काम गरिरहेकोमा कसैलाई शंका छैन ।
यति हुँदा पनि प्रहरी सेवा सुधार्ने र सुध्रिनेतिर अग्रसर देखिदैन । जसरी पनि पैसा कमाउने र राजनीतिक आशीर्वादमा चोखो बस्ने बानी जो प्रहरीलाई परिसक्यो ।