Advertisement Banner
Advertisement Banner

२० बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

राजपा : आफ्नो स्वार्थ, महिला मोह

१३ सोमबार , कार्तिक २०७४९ बर्ष अगाडि

काठमाडौं । आन्दोलन भन्दाभन्दै हार खाएर चुनावमा होमिएको राजपा घरको न घाटको हुनपुगेको छ । प्रत्यक्षतर्फ चुनाव लड्ने साहससमेत जुटाउन नसकेको मधेसी नेताहरुले प्रत्यक्ष चुनाव लड्ने हिम्मत गरेनन् । यसैले मै हुँ भन्ने मधेसी नेताहरुले आफू र आफ्ना निकट, आर्थिक सहयोगी, प्रेमिकासम्मलाई समानुपातिक सूचीमा राख्न पछि परेनन् ।
मधेसी पत्रकारहरु यी नेताहरुको धुवाँधार आलोचना गरिरहेका छन् तैपनि राजपा अध्यक्ष मण्डलका नेताहरुले मधेसको विद्रोह साम्य पार्न देखाउनका लागि निर्वाचन आयोगमा पेश गरेको समानुपातिक सूचीमा हेरफेर मात्र गरेका छैनन्, हेरफेरमा महन्थ ठाकुर एकजनाको नाम हटाएर महोत्तरी ३ बाट लडाउने र बाँकी सबै समानुपातिकमा अटाउने निर्णय गरिएको छ ।
महन्थ ठाकुरले सम्धिनीलाई, शरतसिंह भण्डारीले निर्जला राउत, अनिल कुमार झाले पत्नी डिम्पल झा, राजकिशोर यादवले सरिता यादव, राजेन्द्र महतोले श्रीमती शैलदेवी महतोको नाम राखेको चर्चा छ । बाँकी अन्य नामावलीमा इकवाल, नरमया ढकाल आदि लगायतका पुरानै नामहरु यथावत कायम गरिएको छ ।