काठमाडौं । गगन थापालाई उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशले उमेदवारी घोषणा गरेर चुनौति दिएका छन् । अखिल क्रान्तिकारीले उमेदवार बनाउने निर्णय गरेपछिको यो दृश्यले गगन थापाविरुद्ध पहाडसँग टकराउनुपर्ने देखिएको छ ।
कृषि उद्यमका लागि ४ अर्व कुम्ल्याएको बदनामीलाई आकर्षक र राम्रो भाषण गरेर छोपछोप गर्दै आएका गगन थापा चुनावी उर्लदो खोलो तर्न सक्लान् कि नसक्लान्, धेरैले चासो दिन थालेका छन् । आगामी प्रतिनिधिसभाको निर्वाचन काठमाडौंको क्षेत्र नम्बर ४ सबैभन्दा रोचक र हेर्न लायक चुनाव हुने भएको छ ।
गगन थापासँग चुनावमा नन्दबहादुर पुन आफै हारेका थिए । त्यही बदला उनका छोराले गगनलाई हराएर लिन सक्छन् । गत स्थानीय चुनावमा गगन थापाको बस्तीको मेयर र वडाअध्यक्षसमेत जिताउन सकेनन् । प्रतिपक्षीले जितेको थियो । यो चुनावमा प्रतिपक्षी एमालेको समर्थन माओवादीलार्य हुने भएकाले पनि गगन थापाका लागि चुनाव जित्नु र ढुंगा चपाउनु उस्तै उस्तै हुने भएको छ ।