Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

ओलीले देवीको घाउमा नुनचुक दलिदिए

३० सोमबार , आश्विन २०७४७ बर्ष अगाडि

खोला तर्न जनताले बोकिदिनुपर्ने, चुनावी जँघार तर्न जनताले मन नलागी नलागी भोट दिनुपर्ने । प्रचण्डको बलेको भाग्य र जनताको निभेको तकदिर । त्यसैले त १० वर्षे जनयुद्धमा जनताकै रगत बग्यो, चुनावमा बचेका जनताले रगत दिएर प्रचण्डलाई संसदमा पुर्‍याइदिनुपर्ने बाध्यता आएको छ ।
योभन्दा ठूलो बाध्यता देवी ज्ञवालीलाई परेको छ । पार्टी छोड्न नसक्ने, पार्टीले प्रचण्डलाई जिताउनै पर्छ भन्ने जिम्मेवारी दिने । मार त मार ह्यामार भनेको यही हो । देउवासँग सत्ता साझेदार हुने, एमालेसँग एकता गरेर कांग्रेस सिध्याउन चुनावमा जाने । प्रचण्डको रणनीति अचम्मको छ । पहिले कांग्रेसीलाई हँसिया र हथौडामा मतदान गर्न बाध्य पारेर छोरी रणु दाहाललाई भरतपुर महानगरको मेयर बनाएका प्रचण्डले अव आफै संसदको चुनावमा उमेदवार भएर तिनै एमालेले आफूलाई जिताउनै पर्ने वातावरण सिर्जना गरिदिएका छन् ।
छोरी रेणु दाहाल भरतपुरकी मेयर, उनले चितवनको कायाकल्प गर्ने, विकास र अधिकारले सुसज्जित पार्ने हो भने प्रचण्डलाई चुनाव जिताउनै पर्छ भनेर अहिलेदेखि नै क्याम्पेन सुरु गरिसकेकी छिन् । एक घर एक कार्यकर्ताका हिसावले उनले महिला, युवा र वाईसिएललाई समेत परिचालन गरिसकेकी छिन् ।
यो सब खबर पाएका कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपासँग तालमेल मिलाएर चितवनको चुनावमा जाने रणनीति बनाएका छन् । साह्रै बलियो मानिएको चितवनमा अव महानगरको चुनावपछि एकाएक माओवादी जबरजस्त बलियो देखिन पुगेको छ । यो सब देखेर देउवा जिल परेको खबर छ ।
मंसिर २१ को प्रतिनिधिसभाको चुनावमा चितवनबाट प्रचण्डलाई जिताउन महानगरकी मेयर रेणु दाहाल कस्सिएकी हुन् । उनले चितवनको विकास र समृद्धिका लागि प्रचण्डलाई जिताऔं भनेर जसरी संगठित रुपमा प्रचार थालेकी छिन्, यो देख्नेहरु प्रचण्डले कुनै हालतमा चुनाव नहार्ने अनुमान अहिलेदेखि नै गर्न थालिसकेका छन् ।
जनयुद्धताका बेलामा माडीमा यात्रुवस बमले उडाइदिने प्रचण्डले अहिलेसम्म माफीसमेत मागेका छैनन्, त्यही माडीको मेयरमा समेत माओवादीलाई जिताउने जनता छन् चितवनमा । यस्ता जनता भएका जिल्लामा प्रचण्डले चुनाव हार्छन् भनेर चिताउनु पनि गलत हुनेछ । अव मुटुमाथि ढुंगा राखेर एमालेका देवी ज्ञवालीले प्रचण्डलाई बोकेर चुनावी खोला तार्नुपर्नेछ । पार्टीको सिपाहीको घाउमा ओलीको यो नुनचुक नभए के हो ?