काठमाडौं । एमाले, अनसन बसिरहेका डाक्टर गोविन्द केसीलाई मार्न तैयार भएको संकेत एमाले सांसद राजेन्द्र पाण्डेले दिएका छन् । पाण्डे आक्रोसित मुद्रामा भन्दैछन्– भिड्ने भए भिडौं, हामी तयार छौं, तर डा.केसीको माग पुरा हुदैन ।
चिकित्सा शिक्षा विधेयक सम्बन्धमा राजनीतिक सहमति जुटाउन बैठक राख्दा सभामुख असफल भएकी थिइन् र संसदमै अड्किएको छ विधेयक । संसदको म्याद सकिएको छ र अनसनरत डाक्टर केसीको १३औं पटकको अनसनको दुईहप्ता पुग्नलाग्दा उनको स्वास्थ्य भेन्टिलेटरमा कुनै पनि बेला लैजानु पर्ने स्थितिमा पुगेको डाक्टरहरुले बताएका छन् ।
सरकारले केसीपक्षधरहरुसँग दिनदिनै वार्ता गरिरहेको छ र वार्ता सफल हुनसकेको छैन । राजेन्द्र पाण्डे मनमोहन मेडिकल कलेज सञ्चालन गर्न सहकारी संस्थासमेत गठन गर्दासमेत सफल हुनसकेका छैनन् र उनी यो मेडिकल कलेजलाई राजधानी बाहिर लैजान अथवा सरकारलार्य बिक्री गर्न पनि तैयार छैनन् । एमालेका धनाध्ये सांसदमात्र होइन, कालोधनसमेत लगानी भएको मानिएको मनमोहन मेडिकल कलेज मेडिकल माफियाहरुले इज्जतको सवाल बनाएर राजनीतिक विजययात्रामा निस्केका छन् ।
मेडिकल शिक्षा राजधानी बाहिर पुगोस्, सबैको पहुँचमा पुगोस्, शुल्क तोकियोस् भन्ने केसीको मागलाई राजेन्द्र पाण्डे एण्ड माफिया कम्पनी बाहेक कसैले नाजायज भनेका छैनन् तर नागरिक समाज, शिक्षाविद, विज्ञ विशेषज्ञहरु र अधिकारकर्मीसमेत खुलेर डाक्टर केसीको पक्षमा आउन नसक्नु नेपालको सबैभन्दा ठूलो दुर्भाग्य हुनपुगेको छ ।
विधेयक संसदमा पेश हुनैलाग्दा एमालेले फेल गराउने चेतावनी दिएपछि अड्किन पुगेको हो । अव चिकित्सा विधेयक र डाक्टर केसीको स्वास्थ्य धरापमा परिसकेको छ । एमालेकै कारण डाक्टर केसीको ज्यान समेत जानसक्ने खतरनाक मोडमा राजनीति पुगिसकेको छ ।
डा.केसीको स्पष्ट माग छ– काठमाडौं उपत्यकामा कम्तिमा दश वर्ष अन्य मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने, एउटा विश्वविद्यालयले पाँच वटाभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने, अस्पताल संचालन गरेको कम्तिमा तीन वर्ष मेडिकल केलज संचालन गर्न नपाउन् । एमालेले भने मनमोहन मेडिकल कलेजलाई रोक्न मात्रै यस्तो कानुन बनाउन दवाव सिर्जना गरिएको भन्दै विधेयक संशोधन गर्न मानेको छैन । मनमोहन अधिकारी आदरणीय नेता हुन्, तर उनको नाम बदनाम गराइँदैछ ।