Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भूमिगत संघर्ष र सहरी विद्रोहको शंखघोष

३० सोमबार , आश्विन २०७४७ बर्ष अगाडि

ढुंगा ढुंगा जुध्यो भने आगो निस्कन्छ । राजनीतिक फलामका रुपमा सशस्त्र विद्रोह गर्नका लागि देशव्यापी रुपमा सशस्त्र दस्ता तैयार गर्ने भनेर विप्लवको नेकपा माओवादी अग्रसर थियो, अव रिजवान अन्सारीको समूह पनि त्यस्तै उद्देश्य बोकेर अग्रसर भएको छ । यी दुबै फलाम एकता र एकीकृत भए भने के होला ? त्यसै पनि यी दुबै शक्ति राजनीतिक फाँटमा भय सिर्जना गर्न सफल भइसकेका छन् । मधेस किन नेपालको अंग भइरहने भन्ने सिके लाल, मधेस अलग राज्य हुनुपर्छ भन्ने सिके राउत र एक मधेस हुन्न भने एक नेपाल पनि रहन्न भन्ने महन्थ ठाकुरहरुको कमी थिएन, अव सशस्त्र विद्रोहको आगो ओकल्न अरु शक्तिहरु पनि निस्कन थालेका छन् । एकातिर लोकतन्त्र असफल हुँदै र भ्रष्टाचारमा लिप्त हुँदै जानु, कानुनी शासन कायम हुन नसक्नु र अर्कोतिर यसरी विद्रोहीहरु असन्तुष्टीलाई क्यास गर्न थाले भने नेपालको भाग्य र भविष्य अन्धकारतिर धकेलिन थाल्यो भनेर बुझ्दा हुन्छ । सम्हाल्ने कोही देखिदैन ।
काठमाडौं । नेकपा माओवादी (विप्लव) भन्दा पनि खतरनाक रुपमा भूमिगत संघर्ष र सहरी विद्रोहको एजेन्डा लिएर अर्को शक्ति अघि बढ्न लागेको छ । नेकपा माओवादीभन्दा पनि खतरनाक योजना देखिन्छ यो पार्टीको । किनभने राज्यविद्रोह गर्नका लागि नयाँ पार्टी जन्माएर राष्ट्रिय स्तरको लडाकु दस्ता बनाउने घोषणा नै गरिसकेको छ ।
नेपाल संघीय समाजवादी र वाम लोकतान्त्रिक जनपक्षीय मञ्जवीचको पार्टी एकीकरणले यति चर्को योजना सार्वजनिक गरेको हो । पुराना नेता जीतवीर लामा अध्यक्ष तथा पूर्वमाओवादी सांसद तथा मञ्चका महासचिव र नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी मिलेपछि यो त्रासदीपूर्ण बबाल प्रकरणको श्रीगणेश भएको हो ।
उनीहरुको मुख्य माँग भनेको संघीयतालाई जातीय पहिचानका आधारमा समेट्नुपर्ने रहेको छ । उत्पीडन र भ्रष्टहरुको खाल उधेड्ने योजना रहेको एक नेताले बताएका छन् । र, यिनले ५ बुँदे सहमति गरेका छन् । सहमतिअनुसार किसान, मजदुर,जनजाती, मधेसी, दलित, मुश्लिम र अल्पसंख्यक समुदायलाई सचेत बनाउने र उक्त वर्ग विरोधी तत्व विरुद्ध राष्ट्रिय सशक्त सांस्कृतिक भोलेन्टियर दस्ता बनाएर जस्तोसुकै कठिनाइका साथ अघि बढ्ने भनिएको छ ।
यो पार्टीले प्रकाशित गरेको विज्ञप्तिअनुसार भ्रष्टाचार र कमिसनखोरको घोर विरोध गर्ने, देशमा व्याप्त भ्रष्टाचार, कमिसनखोर, गुण्डागर्दी तथा विकास निर्माणको ढिलासुस्ति, झारो टार्ने, लापरवाही प्रवृत्तिको भण्डाफोर तथा उचित कारबाहीका लागि जनपहरेदारको भूमिका सशक्त ढंगले चलाइनेछ ।
यो एकीकृत पार्टीले रिजवान अन्सारीलाई अध्यक्ष, जीतवीर लामालाई बरष्ठ उपाध्यक्ष र योगेन्द्र घिसिङलाई महासचिवमा चयन गरेको छ । आवश्यकता हेरी भूमिगत संघर्ष समेत गर्ने र राज्य विरुद्ध विद्रोह गर्ने योजना बनाएको छ । यता नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पनि भूमिगत संघर्ष वा सहरी विद्रोहको नारा लगाउँदै आएको छ ।
एकथरि संविधान कार्यान्वयन भनेर भागबण्डेतन्त्र चलाउने, स्वस्थ राजनीतिक प्रतिस्पर्धा त्यागेर ध्रुविकृत राजनीतिक ढोका खोल्ने र कम्युनिष्ट एकतन्त्रको सपना समेत देख्न थाल्ने र अर्कोतिर बढ्दो असन्तुष्टि र नैराश्यतालाई समेटेर राज्य विद्रोह गर्ने खुला चुनौती खडा हुनुले संविधान दुर्घटनामा परेको र लोकतन्त्रका चालक, संचालकहरुले लोकतन्त्रलाई खाडलमा जोके भन्न थालिएको छ ।