Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भीमेश्वरलाई पसिना, उत्पातको आशंका

२३ सोमबार , आश्विन २०७४७ बर्ष अगाडि

काठमाडौं । भीमेश्वरलाई फेरि पसिना आएको छ र हरेक दिन क्षमा पूजा चलिरहेको छ । भीमेश्वरलाई पसिना आउनुभनेको देशमा अनिष्ठको संकेत मानिन्छ । २०६३ र २०६५ सालमा पनि भीमेश्वरलाई पसिना आउँदा राजनीतिक कायापलटका घटना भएका थिए, दरवार हत्याकाण्ड अघि अथवा २०४६ सालमा पनि यसरी गरी भीमेश्वर पसिनै पसिना भएका थिए ।
कसैले माने वा नमाने पनि जब जब भीमेश्वरलाई पसिना आएको छ, तव तव नेपालमा ठूलो उत्पात हुने गरेको छ ।
समाचारअनुसार भीमेश्वर नगरपालिका वडा नं २ रहेको भीमेश्वरको मन्दिरमा रहेको भीमसेनको शिलामा पसिना आएको छ । शिलामा दायाँ,बायाँ र बिचबाट एकै पटक पसिना आएको यो पहिलो पटक हो । यसपटक २७ मिनेटसम्म पसिना निरन्तर आएको गुठीयार एवम भीमेश्वर नगरपालिका वडा नं २ का वडा अध्यक्ष बिराजमान श्रेष्ठले बताएका छन् । शिलाको दायाँबाट पसिना आउँदा राजपरिवारमा अनिष्ठ हुने र बायाँबाट आउँदा जनतामा अनिष्ठ हुने विश्वास रही आएको छ । २०७१ सालको माघ १,२ र १५ भीमेश्वरलाई पसिना आएको थियो । पसिना आएको ६ महिना नबित्दै देशमा महाविनासकारी भुकम्प गई देश र जनताले ठुलो क्षति ब्याहोर्नु परेको थियो । यसपटक पनि केही अनिष्ठ हुने हो कि भनिदैछ ।
समाचारअनुसार भीमेश्वरलाई पसिना आए पछि राष्ट प्रमुखले क्षमा पुजा गर्ने प्रचलन रहीआएको गुठीयारहरु बताउँछन । यसको जानकारी राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिइएको छ, तर जवाफ आएको छैन ।