english.astroawani.com, BBC, CNN, Human Rights देखि अनेकन संस्थाहरुले नेपालमा कमलरीको जुन हालत थियो, त्योभन्दा गएगुज्रेको हालत खाडीदेखि मलेसियासम्म नेपाली युवतीहरुको भएको रिपोर्ट छापिरहेका छन् । नेपाली युवतीहरुलाई छानी छानी १५ सय रियालमा तरकारी बेचेझैं बेचीरहेको समाचार पनि आएको छ । युट्युवमा नेपाली चेली लिलाम भइरहेको अनेक भिडियोहरु राखिएका छन् ।
के नेपाल सरकारले, संसद, राष्ट्रपति, सांसदहरुलाई नेपाली चेलीहरुको र वैदेशिक रोजगारीमा गएका युवाहरुको बारेमा थाहा छैन ? विभिन्न मुलुकमा रहेका नेपाली दूतावासहरुले रिपोर्ट पठाएका छैनन् ? पठाएको भए नेपाल सरकारले नेपालीमाथिको श्रम, यौन शोषण र नेपालीत्वमाथि भइरहेको बलात्कार रोक्न के गरेको छ ? के गर्दैछ, र के गरेर तिनको उद्धार गर्ने योजना बनाएको छ ? सरकार मौन छ र नेपाली चेलीहरु खाडीदेखि विभिन्न मुलुकमा आलुभेण्टा बेचिएझैं बेचिरहेका छन् । हामी कुन तहको लोकतन्त्रवादी ?
श्रममन्त्री फर्मुल्ला मन्सुर भन्छन्– अर्कालाई दोष दिनुभन्दा पनि चेलीबेटी बेचबिखन गर्ने र फसाएर युवाहरुलाई वैदेशिक रोजगारीमा पठाउने अनि पैसा कमाउने दलाल नेपालमै छ्यासछ्यास्ती छन् । अरुलाई दोष दिनुभन्दा पनि हामी सचेत हुन जरुरी छ । सरकारले गर्नुपर्ने काम गर्छ, गरिरहेको छ ।