काठमाडौं । ज्यान जोगाउन भागेर भारत र बंगलादेश पसेका म्यानमारका रोकिंगा मुस्लिम समुदाय बिस्तारै नेपाल प्रवेश गर्न थालेका छन् । झापादेखि वीरगञ्जसम्म ती शरणार्थी पक्राउ परेका छन्, कतिपय नेपाल पसिसकेका छन् । भारतले ट्रक र रेलमा हालेर नेपालतिर लखेट्न थालेको सूचना आएको छ ।
जसरी भारतले भुटानी शरणार्थीहरुलाई नेपाल लखेटेको थियो र ३० वर्षदेखि नेपाल भुटानी शरणार्थी समस्या सुल्झाउन नसकेर छटपटीमा छ, ९० हजारलाई त तेश्रो मुलुकले लगिसकेका छन् । तैपनि त्यो समस्या जारी छ, त्यसैगरी नेपाल अव आङसान सुकीको सरकारले लखेटेका रोहिंगा मुस्लिम शरणार्थीको समस्या भोग्नुपर्ने जटिलतामा फस्ने वातावरण सिर्जना हुनपुगेको छ । म्यानमारमै सुचीले पाएको नोवल पुरस्कार फिर्ता गर्नुपर्ने, खोस्नुपर्ने आवाज उठिरहेको छ, के आज राष्ट्र संघमा सहभागी हुन जान लागेका प्रधानमन्त्रीले यो समस्यालाई विश्वसामु उठाएर भारतलाई सतर्क पार्लान् ?