Advertisement Banner
Advertisement Banner

२० बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

मानव बेचबिखनको भयानक महामारी

१९ सोमबार , भाद्र २०७४९ बर्ष अगाडि

काठमाडौ । काठमाडौंबाट सिधै अथवा बनारस, दिल्ली, बंगलादेश भएर विश्वका विभिन्न मुलुकमा युवायुवती तस्करी गर्ने गिरोह निकै सलबलाइरहेका छन् । जतिसुकै कडा गरिएको भनिएपनि तिनको धन्दा रोकिएको छैन ।
पर्दापछाडी ठूला कर्मचारी, सुरक्षाअधिकारी, राजनीतिक नेतासम्मको संरक्षण रहेको भनिएका दीपक हमाल, विनोद गुरुङ, धनवहादुर तामाङहरुले भारत, चाइना, श्रीलंका हुँदै क्यानडा अमेरिका, हङकङ, मकाउ लगायत खाडी मुलुकमा समेत युवायुवती बेचबिखन गरिरहेको एन्टी करप्सन नेपालले जनाएको छ ।
उसका अनुसार जनही २५ लाखसम्म लिने गरेको र मानव तस्करीमा बैदेशिक रोजगार विभागदेखि प्रशासन–अध्यागमन र एयरलाइन्सका कर्मचारीसम्मको मिलोमतो रहने गरेको छ । श्रम स्वीकृति नलिइकन अथवा नक्कली बनाएर दैनिक सयभन्दा बढीको मानव तस्करी भइरहेको सूचना दिएको छ ।
यस्ता गिरोहले पहिले पासपोर्ट र पेस्की लिने अनि रोजगारीमा जानका लागि आवश्यक कागजपत्र आफैले बनाउने गरेका छन् । सूचनामा अगाडि उल्लेख छ– यस्ता बनावटी कागजपत्र देखाएर कर्मचारीहरु र एयरलाइन्ससँगको मिलोमतामा अध्यागमन पार गराएर 
उडाउने गरेका छन् । 
प्रशासनिक उच्च तहका केही नेपाली र मल्टिपल भिजा लागेका व्यक्तिको सहयोगमा यो गिरोहले लामो समयदेखि मानव तस्करी गर्दै अकुत पैसा कमाइरहेका छन् । एन्टी करप्सन नेपालले पुख्ता सूचना दिएपनि नियमन र निगरानी गर्ने निकायहरुले  बेवास्ता गर्ने गरेको बताएको छ । प्रशासन र सुरक्षा निकाय पुरै राजनीतिक दबाबमा मिलोमतोमा लागेकाले नेपालमा युवायुवती बेचबिखनको भयानक महामारी चम्किरहेको छ । रोक्ने कसले ? यसबारेमा अन्योलता बढेको छ, नेपाल कानुनविहीन अराजक बन्दै गएको छ ।