काठमाडौं । फिलिपिनसमा अबु सैयफललगायतका आतंककारहिरुले दु:ख दिइरहेका छन् र राष्ट्रपति रोड्रिगो डुटर्टेले यस्ता कुनै पनि हिंसात्मक बिद्रोह समन गर्न, तिनीहरुसँग लड्न गोर्खासैनिक ल्याउन लागेको सगौरव घोषणा गरेका छन् । केही अिप्ता अघि फिलिपिन्सको डेभाओ सहरमा अबु सैयफले आक्रमण गरेपछि राष्ट्रपति रोड्रिगोले यस्तो भनेका हुन् ।
फिलिपिन्स सरकार लागूऔषध तस्करी विरुद्ध कडा रुपमा प्रस्तुत भइरहेका छन् । यो कडाईका कारण तस्करीबाट पैसा कमाउन पल्केका विद्रोहीहरु आक्रोसित भएर हिंसामा उत्रिरहेका छन् । अवुलगायतका विद्रोहीका हिंसात्मक क्रियाकलापले फिलिपिन्सलाई थिलथिलो पार्दै लगेकाले राष्ट्रपति चिन्तित छन् र उनले चिन्ताको ओखतीका रुपमा गोर्खा सैनिकको चयन गरेका हुन् । विश्वशान्तिदेखि राष्ट्रिय संस्था, व्यक्तिको सुरक्षामा समेत भरपर्दो, विश्वासिलो गोर्खाको नाम फेरि एकपल्ट विश्व समाचारमा छाएको सुनिदैछ ।
दोक्लाममा भारतले समेत चीनका सामु गोर्खा राइफललाई तेस्र्याएको थियो । त्यही भारतले कारगिलमा पाकका सामु गोर्खाको छाती तेस्र्याएको थियो । फकलेण्डको युद्धमा बेलायतले गोर्खालाई अग्रपंक्तिमा राखेकै हो ।
म गोर्खा सैनिक ल्याउँछु । रोड्रिगोले राष्ट्रिय सुरक्षा परिषदमै घोषणा गरेको समाचार वीवीसीले दिएको छ । यसको पुष्टी त्यहाँको कृषि सचिवले गरिसकेका छन् । यतिबेला फिलिपिन्समा गोर्खा सैनिक आउने भो भन्ने चर्चा व्यापक छ । भाग्नुभन्दा मर्नुजाति भन्ने मान्यता राख्ने गोर्खाले मात्र अवुजस्ता आतंककारीसँग लड्नसक्ने विचार राष्ट्रपतिको रहेको छ । उनले गोर्खा सैनिक ल्याएर आतंक समाप्त पार्ने घोषणा गरेका छन् । वाह गोर्खा ।