Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

जति घण्ट घन्काए पनि सरकारले सुनेन

१२ सोमबार , भाद्र २०७४७ बर्ष अगाडि

काठमाडौं । त्रिवि उपकूलपति तीर्थ खनियाँको राजीनामा माग्दै विवेकशील साझा पार्टीले यसरी घण्टासभा समेत गर्‍यो । तैपनि तीर्थ खनियाँको कसैले सातो लिन सकेन । काठमाडौं नेशनल मेडिकल कलेजलाई दिएको सम्बन्धन फिर्ता नलिए डा.गोविन्द केसीले फेरि अनसन बस्ने चेतावनी दिइसके, चिकित्सक संघले कडा विरोध कार्यक्रम गर्ने जनाउ दिइसक्यो, युवाहरुले अर्को आन्दोलनको तैयारी थालिसके तर न तीर्थ खनियाँ हल्लिए, न कूलपति प्रधानमन्त्रीले नै केही प्रतिक्रिया दिएका छन् । कतै सरकार नै मेडिकल माफियाको पक्षमा लागेको त छैन ? विवेकशील साझा पार्टीले भनेको छ– ३ करोड नेपालीको आवाजलाई प्रतिनिधित्व गर्ने डाक्टर केसीको माग लत्याउदै काठमाडौं नेशनल कलेजलाई दिईएको सम्बन्धन गैरकानुनी छ । तत्कालै खारेज गरि माथेमा आयोगको प्रतिवेदन अनुरुप चिकित्सा शिक्षा ऐन पास गरेर मात्र सम्बन्धनको काम आगाडी बढाइयोस् । सिंहदरवार सामु बजाइएको घण्टासभाले सिंहदरवारका शासकको कान छेड्न सकेन, अख्तियारका सामु बजाइएको घण्टाको आवाज अख्तियारले पनि सुनेको छैन ।