Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चिनियाँको गोली सामु गोर्खालीको छाती

१२ सोमबार , भाद्र २०७४७ बर्ष अगाडि

काठमाडौं । बृटेनले फकलेण्डको युद्धमा गोर्खा सैनिकलाई फ्रन्टलाइनमा मानव ढाल बनाएर लड्यो र सयौं गोर्खालाई आहुति दियो । कारगिल युद्धमा भारतले गोर्खा सैनिकलाई पाकिस्तानसामु तेस्र्यायो र सयौं गोर्खाली सेनाको सहादत दियो, तिनको लाशसमेत तिनका परिवारलाई दिएन । अहिले सीमाक्षेत्रमा बेला बेलामा गोर्खा सैनिक मारिन्छन् र तिनको परिवारलाई शदगत्का लागि शव दिने गर्दैन । जबकि भारतीय सैनिक मारिए भने तिनका परिवारलाई शव दिइन्छ ।
त्यही भारतले भूटान–चीन सीमामा २ महिनादेखि भइरहेको हात हालाहाल अव युद्धको स्थितिमा पुग्न लाग्यो भनेपछि भारतीय गोर्खा सैनिकलाई चिनियाँ सेनाका सामु लगेर तेस्र्याएको छ । मानव ढालका रुपमा भारतले गोर्खा सैनिकलाई यसरी तैनाथ गरेको छ ।
गोर्खा सैनिक यसरी छाती तन्काएर खटिने गरेको छ, विश्वमै गोर्खा सेना कुनै युद्धमा पछाडि फर्केन, फर्केको छैन ।
मेघालयको ८ गोर्खा राइफल्सको हेडक्वार्टरबाट चौथो बटालियनलाई भारतले दोक्लाममा खटाएको हो । भन्नलाई समय समयमा हुने अदलीबदलीका क्रममा गोर्खा राइफल्स दोक्लाममा खटिएको हो । तर सुरक्षाविदहरु भन्छन्– चीनले युद्धको तैयारी गरिसकेपछि नबोलेको भारतले चुपचाप गोर्खा त्यहाँ खटाएको छ ।
भुटानको रक्षाका नाममा गोर्खा सैनिकलाई भारतले परिचालन गरेको छ । नेपालमा भुटानी शरणार्थीको समस्या ३० वर्षदेखि जेलिएर रहेको छ भने त्यही भुटानको रक्षामा गोर्खा खटाइएको छ । यो संयोग नभएर भारतीय सुरक्षा रणनीति हो । पहिले भारतले पाक नेपाल र अहिले चीन नेपालको सम्बन्ध बिगार्न गोर्खा सैनिकको दुरुपयोग गरेको छ । यद्यपि दोश्रो विश्वयुद्धदेखि भारत पाक, भारत चीनलगायतका हरेक युद्ध गोर्खाले लड्दै आएका छन् । यद्यपि नेपालले दोक्लाम विवादमा नेपाल तटस्थ रहने जनाउ दिइसकेको छ । प्रम देउवाको भारत भ्रमणका क्रममा पनि दोक्लामको कुनै विषय उठान भएको सुनिएन । भारतले किन दोक्लाममा गोर्खा सैनिकलाई खटायो, यो रहस्यमय देखिन्छ ।
अहिले पनि काश्मिरको तनावमा गोर्खा अग्रपंक्तिमा छन् भने भारतले बर्मा, बंगलादेश, चीनसँगको सीमा तनावमा गोर्खालाई खटाइरहेको छ । नेपालको संसदमै उभिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गोर्खा सैनिकको बहादुरीको सम्झना र भारतले जितेका सबै युद्धमा गोर्खाको रगत बगेको बताएका थिए तर तिनै बहादुरका देश आज भारतकै बाँध, तटबन्धका कारण बाढीले डुवानमा चुर्लुम्मै डुबेको छ ।
गोर्खा भर्ति रोकिनु पर्छ, गोर्खा सैनिकलाई भाडाको सिपाहीका रुपमा बदनाम गर्न दिइनु हुन्न भनेर पटक पटक आवाज उठ्ने गरेको छ । तर, आवाज उठ्छ र पानीको फोका फुटेझैं फुट्छ । गोर्खा सैनिकका रुपमा नेपालीको यसरी दुरुपयोग गर्ने अवसर कहिलेसम्म गरिरहन दिने ?