काठमाडौं । भारतबाट नेपालमा आएर राजनीतिक टाइकुन बनेका राजेन्द्र महतोले सरकारको गज्जवको माँग गरेका छन्– ३६ अर्व हामीलाई देउ, मधेसका बाढीपीडितलाई हामी बितरण गर्छौं । थप आश्चर्यको कुरो के पनि छ भने मधेस जलमग्न भएर डुब्दा, मधेसीको घरबार बगाउँदा, मधेसी मर्दा मलामी बन्न समेत मधेस नगएका यी र राजपाका नेताहरु मधेसका मसिहाका रुपमा राजधानीमा राजनीति बगारिरहेका देखिन्छन् । सिंगो हिमाल, पहाड मधेसको डुबानमा राहत लिएर पुग्दासमेत मधेसका नेता हुँ भन्नेहरु मधेस नगएर राजधानीमा भोजभत्तेरमा मगन भएर बस्नु आश्चर्य हो ।
यिनै राजपाका नेता भन्छन्– ३६ अर्व देउ, हामी बितरण गर्छौं ।
राजेन्द्र महतोका अनुसार बाढी र डुबानबाट क्षति पुगेको क्षेत्रको पुनर्निर्माण र पीडितलाई क्षतिपूर्तिका लागि सरकारले ३६ अर्ब रुपैयाँ छुटयाउनु पर्छ । अहिलेसम्म सरकारले १ अर्वमात्र छुट्याएको छ, त्यो रकम पनि हामीले नै बितरण गर्न पाउनेपर्ने उनको दावी रहेको छ । तर सरकारले सुनेको छैन ।
मधेसका जनतालाई आफ्नो खुट्टा यसरी धुन लगाउने सामन्त बनेका अंगीकृतबाट जालझेल गरेर बंशजको नागरिक भएका राजेन्द्र महताले हिन्दी भाषा, मधेसप्रदेश र अंगीकृतलाई समेत राष्ट्रपतिसम्मको अधिकार दिनुपर्नेमा जोड दिइरहेका छन् र संविधान संशोधनमा तिनै कुरा छिराउन बाध्य पारेका छन् । यसकारण उनको दावी छ संविधान संशोधनको माग सबै मधेशी, आदिवासी जनजाति, शोसित पीडित जनताको भएको भनिरहेका छन् । संविधान संशोधनले राजनीतिक निकास निस्कने भनिरहेका छन् । जबकि मधेसी जनता गाँस, बास, कपासका लागि छटपटिइरहेका छन् ।
अर्को अचम्म के पनि छ भने मधेस बाढीले सोत्राम भइसक्यो, अझै भारतका कारणले मधेस डुबानमा परेको होइन भन्दैछन् यिनीहरु । मधेस र मधेसीका लागि राजनीति गर्नेहरुले यसरी मधेसलाई ढाँडिरहेका छन्, जन्मशिद्ध मधेसीमाथि भ्रम छरेर राजनीति गरिरहेका छन् । मधेसमा बाढीको यो ताण्डवनृत्य कसरी भयो भन्ने अझै पनि सोचिरहेको अवस्था देखिदैन । अझै उनीहरु मधेसीले पाउनुपर्ने र पाइरहेको राहत तिनीहरुलाई दिनुपर्ने र उनीहरुले नै बितरण गर्ने भन्नु सरकारलाई ठाडो चुनौति बन्न पुगेको छ । सरकारभन्दा मधेसी पार्टी ठूलो देखाउन खोजिदैछ ।
मधेसीका नाममा पैसा माँगिरहने र सरकारमा बस्नेले पैसा दिइरहने । जसले पाउनुपर्ने हो, उसलाई शोषण गरेर नेताहरु सामन्त बनिरहने ? यस्तो गलत राजनीति कहिलेसम्म रहला ?