Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

लगानी हाम्रो, अनुगमन पनि हाम्रो हुनुपर्छ

२३ सोमबार , श्रावण २०७४७ बर्ष अगाडि

काठमाडौं । अमेरिकी दूतावासले नेपाललाई आर्थिक सहयोग गरेपछि अनुगमन गर्न पाउनुपर्छ भन्दै अनुगमनको अधिकार नपाउने हो भने आर्थिक सहयोग रोक्न सकिन्छ भनेर नेपालको सातो खाने धम्की दिएको छ ।
स्थानीय तहको निर्वाचनमा अनुगमन गर्न अमेरिकी दूतावासले अनुमति पाएको थिएन । यसमा अपमानित फिल गरेकी राजदूत टेप्लिजले सरकार र निर्वाचन आयोगको नीतिलाई अपारदर्शी र खेदजनक भनेको छ ।
यस विषयलाई निकै गम्भीरताका साथ लिएर दूतावासले लगानी गर्नेले अनुगमन गर्न पाउनुपर्छ, त्यो लगानीकर्ताको अधिकार हो भन्ने नोट परराष्ट्रलाई दिएको छ । नोटमा स्पष्ट उल्लेछ छ– यस्तो नियतले नेपाललाई सहयोग गर्ने हाम्रो क्षमतामा नकारात्मक प्रभाव पार्नेछ । यस्तो निर्णय अन्तर्राष्ट्रिय अभ्यासविपरित समेत छ । दूतावासको नोटले नेपाल सरकारको सातो गएको शव्द हो– अमेरिकी जनताले तिरेको करमार्फत नेपाल सरकारलाई ७० वर्षदेखि सहायता गर्दै आएकाले त्यसको प्रयोग र प्रभावबारे अनुगमन गर्नु आफ्नो आधारभूत दायित्व हो । अमेरिकी दूतावासले सहयोग अनुगमनको अधिकार खोज्यो ।