Advertisement Banner
Advertisement Banner

२० बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

निजी हवाइजहाज किन्न पाइने

२३ सोमबार , श्रावण २०७४९ बर्ष अगाडि

काठमाडौं । अव नेपालमा पनि निजीक्षेत्रका व्यक्ति, संस्थाहरुले निजी विमान राख्न पाउने कानुन बन्न लागेको छ । जसको दबाबमा यस्तो कानुन बन्न लागेको हो, तिनीहरुमा १० व्यापारी र केही उच्चपदस्थ कर्मचारीको नाम चर्चामा आएको छ । तिनकै लागि सरकारले निजी प्लेन खरिद गर्न पाउने बाटो खुलाउन लागेको छ । पर्यटन मन्त्रालयले यस सम्बन्धमा नियमावली मस्यौदा गरिसकेको छ र यस मस्यौदा अनुसार धनाध्येले निजी प्लेन राख्न पाउने ढोका खुल्न लागेको हो ।
अव ठूला घरानियाँ उद्योगी, व्यापारी र तस्कर–माफिया र तिनीहरुसँग संसर्ग गरेर कालोधन थुपार्नेहरुले समेत निजी विमान राख्न सक्ने अनुमान गरिएको छ । तत्कालका लागि अरवपति विनोद चौधरी जसले भर्खर युरोपमा समेत वाइवाइ चाउचाउको कारखाना खोल्न सफल भए, उनले निजी विमान किन्न सक्नेछन् । सार्थ आइएमइ समूहका चन्द्र ढकाल, प्रभु समूहका देवी भट्टचन, सिद्धार्थशमशेर जबरा, गौल्छा समूहका शेखर गोल्छा, शाहिल अग्रगवालका साथै एनआरएनका हर्ताकर्ता उपेन्द्र महतो, शेष घले, भवन भट्टले पनि निजी विमान खरिद गर्ने सम्भाबना छ ।
एकदुई प्रभावशाली कर्मचारी, शेरबहादुर देउवा लगायतका ३ राजनीतिक नेता र ठूला तीन दलले पनि निजी विमान राख्नसक्ने भनिदैछ ।
यसवाहेक पनामा पेपर्समा नाम रहेका कालोधन विदेशमा थुपार्ने, स्वीस वैंकमा पैसा राख्नेहरुले समेत निजी विमानको मजा लुट्न पाउनेछन् । हुने र नहुनेवीच खाडल बढेको स्थितिमा निजी विमान राखिन थालेपछि द्वन्द्व अझ चर्किनसक्ने खतरा भने छ ।