Advertisement Banner
Advertisement Banner

२० बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

नाति जर्नेल, देउवाका कर्णेल

२३ सोमबार , श्रावण २०७४९ बर्ष अगाडि

काठमाडौं । एकीकृत अधिवेशन भएको ९ महिनामै राप्रपा फुट्यो । पशुपति शमशेर जबराले साउन २२ गते निर्वाचन आयोगमा २२ सांसद र बहुमत केन्द्रीय सदस्यको सहीछापसहित दल दर्ता गराएर राप्रपालाई राप्रपा प्रजातान्त्रिक नाममा तोडफोड गरिदिएका हुन् । यो भूकम्पपछि तिलमिलाउनेहरुको आ–आफ्नै प्रतिक्रिया आइरहेको छ ।
कसैले पूर्वराजाले राप्रपा टुक्य्राइदिए भनिरहेका छन् भने कसैले प्रधानमन्त्री देउवासँग सल्लाह गरेर नातेदार भएका पशुपतिशमशेर अर्थात नाति जर्नेलले सरकारमा जानकै लागि पार्टी फोडेको बताइरहेका छन् । यही कुरा प्रमाणित भयो भने अव कमल थापाको नेतृत्वको वैधानिक राप्रपामा १५ सांसदमात्र बाँकी रहनेछन् । ३७ सांसद भएको राप्रपामा २२ सांसद पशुपतिशमशेरतिर लागेका छन् । अध्यक्ष कमल थापाले आफ्नै पक्षमा समेत उभिन नसक्नेलाई सांसद बनाएको देखियो । एकीकरणअघि चौथो शक्ति बनेको राप्रपा नेपालसँग २५ सांसद थिए ।
चुनाव चिन्ह गाई कि हलो ? भन्ने विवाद थियो । यही विवादमा पहिले डा.प्रकाशचन्द्र लोहनीले पार्टी छाडेर अर्को पार्टी खोले
 । त्यसपछि देउवा सरकारमा जाने कि नजाने भन्ने विवादले पार्टी फुट हुन गयो र फेरि राप्रपा फुटेको छ । सल्लाह नगरी मनोमानी ४० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको विवाद पनि चुलिएको थियो । संविधान संशोधनमा समर्थन गर्ने कि नगर्ने भन्ने विषय पनि पार्टीभित्र कायमै थियो । संशोधनको निर्णय हुने अघिल्लो दिन बिराज बिष्ट सहितका १२ जना गायव भएपछि संशोधन रोकिएको थियो । चुनाव खर्च र पार्टी फुटाउन खोजेको भनेर अध्यक्ष थापाको अभिव्यक्तिका रुपमा राप्रपाले सधैं राजतन्त्र बोकेर हिड्दैन भन्ने प्रचार गराइयो, जसका कारण स्थानीय तहको निर्वाचनमा राप्रपा नराम्रोसँग हार्न पुगेको अर्थ पार्टीभित्रैबाट समेत लगाइएको छ ।
राप्रपाभित्रको पिलो फुट्यो । पहिलेजस्तै कमल थापा र पशुपति शमशेर दुई समूह बनेको छ । अहिले पशुपति शमशेरका पक्षमा उभिनेहरु सांसदहरुको सूची यस्तो छ– दिपक बोहोरा, विक्रम पाण्डे, सुनील थापा, रेशम लामा, बबिना मोक्तान, लीला शर्मा, रमेशकुमार लामा, परशुराम तामाङ, राज्यलक्ष्मी श्रेष्ठ (नुवाकोट), लक्ष्मी थापा पाशवान, राजेश्वरीदेवी साह, रामकुमार सुब्बा, आनन्दी पन्त, इत्तियाक अहमद खान, गीता सिंह, शरद शर्मा, सीता लुइटेल, लीला श्रेष्ठ, कमला शर्मा ।
यद्यपि राप्रपाले यी सही गर्नेहरुको नक्कली सही निर्वाचन आयोगमा बुझाएको आरोप लगाइरहेको छ । यसको पुष्टी आजै हुनसक्ने भनिदैछ ।
राप्रपा फुट्नुको दोष जो कसैलाई दिए पनि यथार्थमा राप्रपाका नेताहरु सत्तालोलुप छन् । यही सत्ताको आकांक्षाले राप्रपालाई उकजुट बनायो, टुक्य्रायो पनि । राप्रपा एकीकृत भएपछि अझ मजबुत बन्ने जुन विश्वास गरिएको थियो, राप्रपाभित्रकै कमीकमजोरीले स्थानीय तहमा छैठौं स्थानमा धकेलिन बाध्य भएको छ ।
अझै पनि समय छ, संसदको निर्वाचन आइरहेको छ, टुक्राटाक्री मिलाउ एउटै शक्ति बनाउ ।