Advertisement Banner
Advertisement Banner

२० बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

२० जना बाँधिने सूचीमा परे

१६ सोमबार , श्रावण २०७४९ बर्ष अगाडि

उपेन्द्र महतो, अरुण चौधरी, सुभांस चौधरी, करन चौधरी, शिला चौधरी, उमादेवी सिंहानिया, नवयुग डोल्मा, रेणुका प्रधान, रेखा काब्रा, डा.श्यामसुन्दर कर्माचार्य, शशिकान्त अग्रवाल, हरिशकुमार तोदी, ब्रिजेशकुमार अग्रवाल, शैलेनद्र कुमार गुप्ता, बिमलकाजी ताम्राकार, बिजेन्द्र जोशी, बिनु श्रेष्ठ, विश्वास बरसिंह थापा, राजेन्द्रकुमार काब्रा जो पनामा पेपर्समा कालोधन लुकाउनेमा आरोपित छन्, तिनहरु फेरि चर्चामा आएका छन् र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको को सूचीमा पनि छन् । विदेशमा लगानी गर्ने, पैसा थुपार्नेहरु यिनीहरुविरुद्ध अव के कस्तो छानबिन र कारवाही होला ? प्रतिक्षाको विषय बनेको छ ।
पुलित्जर प्राइज जितिसकेको त्जभ क्ष्लतभचलबतष्यलब िऋयलकयचतष्गm या क्ष्लखभकतष्नबतष्खभ व्यगचलबष्कितक अर्थात पानामा पेपर्स काण्डमा मुछिएका पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई त्यहाँको अदालतले अयोग्य ठहर गरिदियो र उनले राजीनामा दिए । पाकिस्तानको सत्ता उलटपलट भइसक्यो ।
एकवर्षअघि सार्वजनिक भएको पनामा पेपर्स प्रकरणमा पाकिस्तानको घटनाले नेपालमा पनि हंगामा मच्चिएको छ । सम्पत्ति शुद्धिकरणले पनामा पेपर्समा नाम भएका व्यक्ति, संस्थाहरुको अनुसन्धान थालेको छ । अव कुन कुन नेपाली पनामा पेपर्समा फस्ने हुन्, तहल्का सुरु भइसक्यो ।
पनामा पेपर्समा सात नेपालीको नाम किटान गरिएको थियो । खुलासा भएअनुसार ट्याक्स हेभनमा सम्पत्ति जम्मा गरेकाहरु फेरि चर्चामा आएका छन् । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग पोलिएका व्यक्तिहरुको प्रभाव र दबाबमा परेको आरोप पनि लागेको छ । यद्यपि अनुसन्धानमा ७ होइन, २० जना रहेको विभागले सूचना लिकेज गरेको थियो । पनामाको गोप्य कानुनी मोस्याक फोन्सेकाले १ करोड १० लाख दस्तावेज सार्वजनिक गर्दा त्यसमा नेपाल र नेपाली पनि परेका थिए ।
पाकिस्तानमा प्रधानमन्त्रीले पद नै गुमाए । नेपालमा उद्यमी,व्यापारीमात्र पोलिएका छन् । आमनागरिकहरुले अवैधरुपमा विदेशमा धन लुकाउने र अकुत कमाउनेमाथि कारबाही हुनपर्ने माग गरिरहेका छन् । कतिपयले पनामा पेपर्समा प्रष्ट छानविन नहुनु लज्जाको विषय भएको बताएका छन् । कुनैेबेला अख्तियारका प्रवक्ता कृष्णहरि पुस्करले पनामा पेपर्स लिक बारेमा अध्ययन गर्ने र त्यहाँ समावेश भएका नेपालीको नाम, उनीहरुको सम्पत्तिको स्रोत र ट्याक्स हेभनसम्म उनीहरुको कनेक्सनबारे अनुसन्धान हुने बताएको थियो । लोकमान सिंह कार्कीमाथि महाभियोग लागेपछि अख्तियारले त्यो फाइल अझैसम्म खोलेको छैन । किन फाइल खुलेन, अख्तियारले केही बताएको पनि छैन, कतै चलखेल भएको त होइन ?