प्रधानमन्त्री शेरबहादुर देउवाको भदौ १ गतेदेखि ५ गतेसम्म भारतको भ्रमण गर्ने मिति तय भएको छ । यद्यपि अहिलेसम्म राष्ट्रपतिको निम्तो नआउको स्रोतले बताएको छ ।
परराष्ट्र स्रोत भन्छ– छिटै औपचारिक वक्तव्य आउने छ । यो भ्रमणमा भारतका प्रधानमन्त्री मोदी, राष्ट्रपति रामनाथ कोविन्दसहित उच्चस्तरीय नेताहरुलाई भेट्ने कार्यक्रम तय भइसकेको छ । यो भ्रमणअवधिमा देउवाले भारतका केही प्रदेशको भ्रमण कार्यक्रम पनि मिलाइदै छ । भारत र चीनवीच सीमा सुरक्षामा खटिएका सैनिकहरुवीच धक्काधक्की भएको खबर सार्वजनिक भएको छ । चीनका राष्ट्रपति सी जिनपिङले आफ्ना सेनाले सीमाको सुरक्षा गर्न सक्षम रहेको ताजा वक्तव्य दिएका छन् । यसरी चीन र भारतवीच तीब्र तनाव बढेको बेलामा, युद्ध नै हुन्छ कि भन्ने खतराका वादलहरु मडराइरहेको स्थितिमा प्रधानमन्त्रीले भारत भ्रमण गर्नु उचित हो कि होइन ?
सुरक्षाविदहरु समय उपयुक्त भनिरहेका छन्, प्रधानमन्त्रीका सल्लाहकारहरु मौन बसेका छन् र परराष्ट्र मन्त्रालय भारत भ्रमणको होमवर्कमा जुटेको छ । नेपाल भारतको पक्षमा वकालत गर्न र भारतलाई साथ दिनका लागि यो भ्रमण हुनलागेको त होइन ?