Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

देउवा भारत नजाँदै चिनियाँ सशक्त टोली आउनेभो

१६ सोमबार , श्रावण २०७४७ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको आधिकारिक मिति नतोकिदै त्यसको भनक पाएको चीनले सिनियर उपप्रधानमन्त्री झाङ काओ लीको नेतृतवमा चिनियाँ उच्चस्तरीय टिम नेपाल आउने निश्चित भएको छ ।
नेशनल पिपुल्स कांग्रेसका सातौं बरियता प्राप्त झाङ २०१३ देखि चीनका उपप्रधानमन्त्री छन् र उनले दक्षिण एसियाको विशेष निगरानी गर्दै आएका छन् । दक्षिण एसियाको विशेषज्ञसमेत मानिने झाङ् शक्तिशाली नेता हुन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले चिनियाँ सैनिक सीमा सुरक्षा गर्न सक्षम छन् भनेको केही घण्टामै झाङको नेपाल भ्रमण तय भएको हो । भन्नलाई उपप्रधानमन्त्री कृष्णबहादुर महराको निम्तोमा भनिए पनि झाङ काओ ली दक्षिण एसियामा विकिसत कूटनीतिक र राजनीतिक तनाव, भुटानी सीमा दोक्लाममा भारतसँग भइरहेको बिबाद, सिक्किम स्वतन्त्र हुनुपर्छ भन्ने चीनको पछिल्लो भनाई र भाजपाका प्रवक्ताले नेपालका विषयमा चिन्ता र चासो लिनु भारतको अधिकार हो भनेर दिएको बयानबाजीमा समेत चीनको चासोका कारण पनि चीनले नेपालको अडान र नीतिमा स्पष्ट हुनका लागि बरिष्ठ उपप्रधानमन्त्रीको भ्रमण हुनलागेको कूटनीतिक ज्ञाताहरु बताउँछन् ।
यसैवीच हिजोमात्र संसदमा संसदमा दोक्लाम चीनको भूमि हो भन्ने नेमकिपाले आवाज उठाएको थियो र नेपाल सरकारले केही बोलेको छैन । भारत र चीन ठूला मुलुक आपसमा भिडन्त गरिरहेका छन् र चीनले काश्मिरमा समेत घुस्नसक्ने बयान दिइसकेको सन्दर्भमा नेपालले त्यो विवादमा आफूलाई संलग्न राख्ने कि असंलग्न बस्ने भन्ने विषयमा अहिलेसम्म कुनै गम्भीर बहस गरेको छैन ।
नेपालका आफ्नै सीमा असुरक्षित छन्, आफ्नै स्वाधीनता र सार्वभौमिकतामाथि भारत तथा पश्चिमा मुलुकले निरन्तर हस्तक्षेप र अतिक्रमण गरिरहेका छन् । आफ्नै सीमा सुरक्षित गर्न नसक्ने मुलुकले भारत र चीनको विवादमा फस्नु भनेको खतरा निम्त्याउनु हो । नेपालले पञ्चशील र असंलग्नतामा आफूलाई अड्याई राख्नुमा नै आफ्नो सुरक्षित र स्वतन्त्र भविष्य देख्नुपर्छ । तर राजनीतिक पार्टीहरु लाभका आधारमा राष्ट्रको नीति यताउता पार्ने अस्थिरपन देखाउन थालेकाले राष्ट्र अनावश्यक झमेला र बिबादको भूमरीमा फस्दै जान थालेको छ ।
चीनले नेपाली भूमि चीनका विरुद्ध प्रयोग नहोस्, एकचीन नीतिमा नेपाल कायम रहोस् र चीनको ओविओआरमा नेपाल संलग्न रहोस् भन्ने चाहेको छ । चीनको चाहनामा नेपालको अहित कतै पनि देखिदैन । चीनले नेपालको सार्वभौमिकताको सधैं सम्मान गर्दै आएको छ । योभन्दा पनि अघि बढेर नेपालको भारतसँगको व्यापारघाटा घटाइदिन नेपाली उत्पादनको सूची दिए नेपाली सामान खरिद गरिदिने वचनसमेत दिएको छ । चीनले नेपालका लागि पारवहन लगायतका के के सुविधा चाहिन्छ दिन तैयार रहेको जनाउ पनि दिएको छ । तैपनि नेपाली शासक र राजनीतिक बर्ग भारतप्रति नै नतमस्तक र लम्पसार परिरहेका छन् । जसले गर्दा चीन र विश्व नै नेताप्रति सशंकित छन् ।
सम्भवत: भारततिर बहकिने त होइन, नेपाली नीतिको पूर्ण प्रत्याभूति खोज्नका लागि चीनले शक्तिशाली उपप्रधानमन्त्रीको सशक्त टिम नेपाल भ्रमणमा पठाउन लागेको हो । यो टिमलाई नेपाल असंलग्नतामा विश्वास गर्ने र नेपालको एकचीन नीत कायम रहेको इमान्दारिपूर्वक विश्वास दिलाउन सके नेपालको हित अझ पक्का हुने र चिनियाँ लगानी अरु ओइरिन सक्ने आँकलन चीनविज्ञहरुले गरेका छन् । देउवा सरकार सचेत होला ?