काठमाडौं । दीप बस्नेत ०६३ सालमा आन्तरिक राजस्वमा थिए र उनले १ सय १६ कम्पनीलाई आर्थिक लाभ लिएर कर छुट दिएको विषय संसदमा समेत उठेको छ । चुडामणि शर्मामाथि लागेका आरोप स्वयं अख्तियार प्रमुख बनेका दीप बस्नेतमाथि लागेपछि बस्नेत पनि बाँधिने भए भनेर चर्चा हुनथालेको छ ।
त्यतिबेला अर्वों छुट दिएको घटना चुडामणिको लहरोसँगै पहरो गर्जन थालेपछि चिहान खन भूतप्रेत निस्कने र यिनले कसकसलाई पिर्ने हो भन्न नसकिने भन्छन् एक सांसद । दीप बस्नेतले छुट दिएकामा सबैभन्दा बढी कुश्मा टेडस प्रालि, त्रिवेणी सिन्थिटक इर्न प्रा.लि, राम्चे ट्रेडर्स आदि रहेको खुलासा भइसकेको छ । पछि यिनै दीप बस्नेतको लगानी रहेको गुट्खा कम्पनीलाई अख्तियारले नै दण्डित गरेको थियो । ०६३ सालमा दीप बस्नेतले २५ अर्व उठ्ती गर्नुपर्नेमा ४ अर्व लिएर २१ अर्व छुट दिएका थिए । त्यही कानुनले चुडामणि कारवाहीमा पर्ने, त्यही कानुनले बस्नेतलाई छुट हुनु भनेको न्याय हो कि अन्याय ? सांसदहरुले छलफलमा जुटेका छन् ।