Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

जेरीभित्र भारतीय सुगर, मधेसभित्र चीनको फिबर

०२ सोमबार , श्रावण २०७४७ बर्ष अगाडि

काठमाडौं । राजेन्द्र महतो र अनिल झा पो भारतीय दलाल रहेछन् भनेर हल्लाखल्ला भएपछि हामी पाण्डव भनिएका ६ पार्टीमिलेर बनेको राजपाभित्र बबाल सुरु भएको छ ।
कुरोको चुरो राजपाको विधानमा चीनस“ग सम्बन्ध सुधार गर्ने र मधेसमा आइएनजीओलाई स्वागत गर्ने शव्दहरु राखिएकोमा महतो र झाले खुलेर बिरोधमात्र गरेनन्, भारत रिसाउ“छ समेत भन्न भ्याए । यता महन्थ ठाकुर मौन भइदिएपछि जवाफ फर्काए शरतसिंह भण्डारी, महेन्द्र राय र राजकिशोर यादवले । चीनस“ग उपेन्द्र यादवको सम्बन्ध राम्रो भएपछि  राजपाले पनि सम्बन्ध विस्तारगर्न खोजेकोह ो । तर पहिलो गा“समै ढुङ्गा लागेको छ दा“तमा ।
यो मामिलाबारे विश्लेषकहरु जेरीभित्र भारतीय सुगर, मधेसभित्र चीनको फिवर भनेर टिप्पणी गर्न थालेका छन् ।
त्यसै पनि संविधान संशोधन हुन सकेको छैन र तेश्रो चरणको २ नम्बर क्षेत्रमा चुनावमा सहभागी हुने र नहुने विवाद बढेको छ । त्यसमाथि चीनको फिवरले राजपाभित्र रण्डखाल मच्चाइदिएको छ । राजपाको पछिल्लो मनस्थिति भने संविधान संशोधन नभए पनि चुनावमा जान तैयार भएको छ । चुनावमा संशोधन नै प्रमुख मुद्दा बनाउने र संशोधनविरोधी एमालेलाई धुलो चटाउने योजना बनाइदै छ ।