काठमाडौं । राजधानीदेखि धादिङ, सिन्धुपाल्चोक अथवा नुवाकोट, सबैतिर सरकारले इन्जिनियर खटाएको छ । भूकम्पपीडितलाई नक्सा बनाइदिने भन्दै इन्जिनियरले आफूनिकट कन्सल्टेन्सीमार्फत पैसा असुल्ने गरेका गुनासाले सकर्तता केन्द्रदेखि अख्तियारसम्म पनि उजुरी परेका छन् ।
भूकम्पपीडितलाई अझ पीडा दिनेहरु दिइरहेका छन्, सरकारले देखेको छ, नदेखेझैं गरिरहनु पनि भ्रष्टाचारै हो ।
यस्तो भ्रष्टाचार सबैभन्दा बढी धादिङमा चलिरहेको छ । सांसद राजेन्द्र पाण्डेका निकट प्राविधिकहरुले नै भ्रष्टाचार गरिरहेको खबर छ । धुनिवेशी नगरका मेयर वालकृष्ण आचार्यलाई स्थानीय ईश्वर केसीले नक्सा बनाउन पनि घूस दिनुपर्ने भनेर प्रश्न गरेपछि मेयर आचार्यले प्राविधिकहरुलाई खरी घस्ने र पीडितलाई राहत दिने बताएका थिए ।
अनुदानमा घर बनाउनेका लागि १७ प्रकारका नक्सा सार्वजनिक गरेको छ । जग्गाको बनोटअनुसार सरकारी नक्सामा घर नबन्ने अवस्था आएमा २५ प्रतिशतसम्म तोडमोड गरेर भए पनि नक्सा निःशुल्क बनाइदिनु पर्ने प्रावधान छ ।