Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

राष्ट्रपति ः राष्ट्रमाता

२६ सोमबार , असार २०७४७ बर्ष अगाडि

काठमाडौं । अतिवृद्धिका कारण तराईका विभिन्न भाग डुबानमा परेका छन्  । बालबृद्धाको बेहाल छ । थाङ्ना भोटा च्यापेर बासको डुङ्गाजस्तो बनाएर त्यसमाथि बालबालिका ज्यान बचाइरहेका छन् भने बृद्धहरुको उद्धार हुनसकेको छैन । प्रधानमन्त्री स्वयम् गएर डुबान प्रभावी परिवारालाई २५ हजारका दरले आर्थिक सहायता दिने र घर निर्माण गर्न ऋण सुविधाको घोषणा गरेर फर्किएका छन् । तर यता राष्ट्रपति, राष्ट्रमाता विद्यादेवी भण्डारी ४ करोडले गाडी किन्न पुगेन, १६ करोड चाहियो भनेर सरकारस“ग माग गरिरहेकी छिन् ।
यी कस्ती राष्ट्रपति, कस्ती राष्ट्रमाता हुन्, जो राष्ट्रिय परिवारको विपत्तिमा भन्दा अत्याधुनिक गाडीमा दिलचस्पी दिइरहेकी छिन् । कतिपय ठाउ“मा पहिरोले जनताको बिचल्ली छ, त्यतातिर पनि यिनको ध्यान जानसकेन ।
राष्ट्रपतिलाई बुलेट, बम प्रुफ निवास बनाइसकेको छ । गाडीको कुनै कमी हुनदिएको छैन । अव १६ करोडको गाडी चढेर यी राष्ट्रपति कुन स्वर्ग पुग्ने सपना साकारा पार्न लागेकी हुन् ? आमबुद्धिजीवीहरुले व्यापक आलोचना गरिरहेका छन् । तैपनि यिनको विवेकमा कुनै ठेस नपुग्नु दुर्भाग्य हो ।