Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

छन् कोही उजुरी हाल्ने ?

१९ सोमबार , असार २०७४७ बर्ष अगाडि

काठमाडौं, संवैधानिक परिषदले सर्वसम्मतिबाट प्रधानन्यायाधीशमा सिफारि भएका गोपालप्रसाद पराजुलीविरुद्ध धसैको उजुरी छ भने उजुरी गर्न संसदीय सुनवाई विशेष समितिले आह्वान गरेको छ ।
विशेष समितिको अस्ती आइतवार बसेको विशेष वैठकले १० दिने सूचना जारी गर्ने निर्णय गरेको हो । समितिको कार्यविधि यही हो, १० सम्म परेका उजुरीमा छानबिन गरेर नियुक्तीका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने र राष्ट्रपतिले नियुक्ती गर्ने संवैधानिक व्यवस्था छ ।
सामाजिक सञ्जाल र पत्रपत्रिकामा यिनीबारे योग्यता, नागरिकता, उमेरका सम्बन्धमा व्यापक आलोचना भएका थिए । अव कोही बहादुर छन्, योग्यता, उमेर, क्षमता, कार्यसम्पादन अािद विषयमा प्रमाण छन् भने विशेष समितिमा जो कसैले उजुरी गर्न सक्नेछन् । उजुरी परेमा उजुरीकर्तासँग र नपरेमा सिफारिसको अनुमोदन गर्नेछ ।