Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अन्यथा गणतन्त्त मान्दिन

१९ सोमबार , असार २०७४७ बर्ष अगाडि

काठमाडौं । पार्टीको झोला नबोकेको र जोसुकै रिसाउन्, देश बोल्छु भनेर बोल्ने पहिलो बुद्धिजीवी बनेका छन् शौरभ । उनले ताजा अन्तर्वार्तामा भनेका छन्– प्रधानमन्त्री देउवा रगणतन्त्रसंग हिम्मत भए भारतसंग सिमाबार लगाउने र सन् १९५०को सन्धि खारेज गरोस्, अनि मान्छु गणतन्त्र । अन्यथा गणतन्त्र मान्दै मान्दिन । वाह, ढाडमा हाड भएको बुद्धिजीवी होस् त शौरभजस्तो होस् । यस्तो टिप्पणी समाजमा सुनिन थालेको छ ।
नेपालको नम्बरवान भनिने नाङ्ले अखबारमा यही भाषाको अन्तर्वार्ता दिने शौरभले बसन्त बस्नेतलाई पनि यही खालको बोल्ड अभिव्यक्ति दिएका छन् । उनको असंगति नयाँ पुस्तक यतिबेला चर्चामा रहेको छ ।
शौरभ भन्छन्– नेपाल देशको पहिचानमै निकै ठूलो संकट आएको छ, अहिले । किनकि पश्चिमाहरूले हाम्रो बारेमा धेरै गलत र भ्रामक कुरा लेखेका छन् । भिक्टोरिया, अलेक्जेन्डर, पिटर द ग्रेट आदिका बेला कस्तो अन्याय थियो, लुईहरूले फ्रान्समा के गरे भन्ने कुरा हामीले लेख्न सकेनौं । त्यस बेला हामी अफेन्सिभ हुन नसकेका कारणले गर्दा अहिले डिफेन्सिभ हुनुपर्‍यो । उनीहरूले हामीलाई ज्ञानको क्षेत्रमा झन्–झन् डिफेन्सिभ बनाउँदै लगे । मगर, गुरुङ आदिको बारेमा बोल्ने उनीहरूको के हैकम ? न्याटिभ रिसर्चर पर्याप्त नहोलान् भन्न मिल्दैन । नेपालमा छन् । तर उनीहरूका लागि पर्याप्त पैसा छैन । त्यसो भएपछि जसले पैसा दिन्छ, उसका लागि बोल्ने अवस्था देखियो । यहा गोरो छालाको महत्व छ । घरको बुद्धिजीवीले बोलेको कम महत्व दिइन्छ । नेपालका सार्वजनिक बौद्धिक भनिएका अधिकांशले बाहिरको पैसामा काम गरेका छन् । महेशचन्द्र रेग्मीलाई विदेशी नियोगहरूले नेपाली अनुवादको काम दिन्थे । अरू केही नगरे पनि अनुवाद गरे पुग्ने अवस्था थियो । विदेशी अनुदानमा पैसा प्रशस्त थियो । त्यसैले उनीसहित विभिन्न बुद्धिजीवीहरूले आफ्नो स्वतन्त्र दिमाग प्रयोग गर्न पाएनन्, सर्तमै अनुबन्ध भए । लियो ई रोजले नेपालको एकमात्र स्कलर भनेर रेग्मीको नाम लिएको सुनियो । के नेपालमा उनीबाहेक कहिल्यै अरू स्कलर भएनन् होला त ? तर मानिसहरू रोजकै किताबमा भर पर्छन् । त्यसमा रि–वर्क गर्दैनन् । 
हाम्रो आफ्नो त के छ र ? एउटा कोही गोरो छाला भएको मानिसले फेक पीएचडी गरेर आयो भन्दैमा हामी तर्सिइहाल्छौं । आखिर पीएचडी के छ र ? तीन वर्षको कुरा हो । थेसिस भइहाल्छ । तर हामी पीएचडीवाला भनेपछि त्यत्तिकै आतंकित हुन्छौं । एउटा अखबारमा छ, डा. लेखेका तीन जनाले सधैं बेकारका चिठी पठाउँछन् । के त्यस्ता चिठी लेख्ने डा. हरूले पीएचडीको भार थाम्न सक्छन् ?
यी प्राडा त यस्ता छन्, नेपाली भाषा बिगार्नमा पूरा सहयोग गरेका छन् । विद्यानाथ कोइरालालाई ५० हजार दिई उनीहरूको कुरा मानिदिन प्रस्ताव गर्दा उनले नमानेको कुरा त बाहिरै आयो । भनेपछि उहिलेदेखि त्यस्ता प्राडाहरूले उल्लू काम गरिरहेका रहेछन् भन्ने त त्यसै थाहा भइहाल्यो नि ।
नेपालप्रति माया छ । उभिन न्युयोर्कमा मन लाग्छ । ओहो नेपाली पन, हामी नेपाली, हाम्रो नेपाल भन्ने, तर उता बस्ने । भ्रष्टाचार गर्नुपरेको छ, सामन्त हुनुपरेको छ । तर एक नम्बरको सज्जन देखिनुपरेको छ । अझ त्यसको सिद्धान्तकार नै हुनुपरेको छ । यसरी व्यक्तित्व विभाजित हुन गएको छ । सोचअनुसारको जीवनशैली, त्यसअनुसारको सामान्यपन छैन । दोहोरो मापदण्ड भएपछि समस्या आउँछ । सबै पक्षलाई समस्याग्रस्त बनाइदिन्छ । असंगतिहरू यिनै हुन् ।
माओवादीले ठाडो रूपमा पश्चिमाको एजेन्डा बोक्यो भनेर हामी भन्छौं । तर माओवादीभन्दा चर्को पश्चिमा काम एमालेले गरिरहेको छ । एनजीओ, आईएनजीओको पैसा लिएर, गाउँ–गाउँसम्म सञ्जाल बनाएर पश्चिमाकरण गर्ने काम त एमालेले बढी गरेको हो । र, आज एमालेको लोकप्रियताको आधार त्यही आईएनजीओको पैसा हो । यस्ता कुरा नगरेको कांग्रेसले हो । तर उनीहरू हाम्रो त सिद्धान्तै छैन भन्दै हिंड्छन् । रमाइलो त के भने उनीहरू यो कुरा सगर्व भन्दै हिंड्छन् । हिजो पश्चिमाहरूले डलर ल्याएर समाजमा खतम गरे भनेर नियन्त्रण गर्न रानी ऐश्वर्य समाजकल्याण परिषदमा गएको होइन र ? तर त्यहाँ गएपछि उनकै आँखा डलरमा लाग्यो । म्याकाले शिक्षाले हामी पश्चिमाहरूको सेवा गर्न जन्मेको हो भन्ने बी ग्रेडको एसियन, नेपाली हो भन्ने सोच्न सिकाउँछ । अनुहार हाम्रो छ, विचार अरूको । त्यसेले शिक्षादीक्षाको तरिका सच्याउनुपर्छ ।