काठमाडौं, देउवा र केपी ओली हात्तीमात्र हुन्, माउते मै हु“ । असार ११ गते खोटाङ पुगेर चुनाव प्रचार गर्दै माओवादी केन्द्र अध्यक्ष प्रचण्डले यसरी हु“कार लगाए । यतिमात्र होइन प्रचण्डले गणतन्त्र, संघीयता, धर्र्मिनरपेक्षता, समावेशी समानुपातिकता माओवादीकै एजेन्डा हुन्, माओवादीकै नेतृत्वमा आएको र संविधान निर्माण र त्यसको कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन पनि
माओवादीकै नेतृत्वमा भएको भन्दै आफूलाई माउते भएको दावी गरे ।
प्रचण्डले खुलेरै भनिदिए– हात्ती माउतेभन्दा ठूलो र बलवान् देखिन्छ । तर, हात्तीलाई तह लगाउने माउतेले हो । अहिले कांग्रेस–एमाले हात्ती र हामी माओवादीले माउतेको भूमिकामा छौं । यिनलाई निर्वाचनको मार्गमा हिडाएको माओवादीले नै हो । धोका दिनु, छलछाम गर्नु, सत्ताका लागि मुलुकलाई बन्धक बनाउनु काँग्रेस–एमालेको धर्म हो भन्दै प्रचण्डले कांग्रेस, एमाले सत्ताका लागि मरिहत्ते गर्ने पार्टी भएको दावी समेत गरिदिए । किन गरे प्रचण्डले यति छुद्र भाषण, राजधानीमा चर्चा व्याप्त भएको छ ।