काठमाडौं । चौथो पटक प्रधानमन्त्री बन्न सफल भएका शेरबहादुर देउवाले कालोबोकोको भोग चढाएरै बालुवाटार प्रवेश गरे पनि उनका लागि यो कार्यकाल फलामको च्यूरा चपाएभन्दा साह्रो हुने लक्ष्यणहरु देखिएका छन् । प्रचण्डले भद्र सहमति मानेर सत्ता हस्तान्तरण गरे पनि प्रचण्डले नै देउवाप्रति तीर सोझ्याएर भाषण गर्न थालेका छन् । मधेसी दलहरुका कारण स्थानीय तहको चुनावमा ठूलै हार भोगेका मेजर पार्टीका सभापति देउवाका लागि भोलि हुने दोश्रो चरणको स्थानीय तहको निर्वाचन पनि पहिरोले थिचेजस्तै हुने आ“कलन अहिले नै सुरु भइसकेका छन् ।
स्वयम् प्रधानमन्त्री देउवाले सिंहदरवारको गद्दी छाडेर सुदूरपश्चिममा ५ दिन देखि धर्ना बसेर चुनाव प्रचार गर्नु र कांग्रेसका पक्षमा लहर ल्याउने प्रयत्न गर्नुले पनि देउवाका लागि दोश्रो चरणको निर्वाचन कति महत्वपूर्ण छ भन्ने देखिन्छ ।
तर कांग्रेसभित्रैका विश्लेषकहरु देउवा दिशाहीन भएको, पहिले उनी असक्षम भन्ने कलंकबाट कलंकित थिए, यसपटक असफल हुने सम्भाबना देखिएका छन् भनेर बताउन थालेका छन् । देउवा सिमित घेरामा बा“धिनु र उही चण्डाल चौकडीको सल्लाहमा हिड्नुले उनको असफलताका लक्ष्यणहरु देखिन थालेको हो ।
देउवा अग्नि परीक्षामा छन् । यद्यपि देउवा बाहेकका कुनै अर्को नेता कांग्रेसको नेतृत्व गर्न सक्षम र प्रभावशाली देखिदैनन् । तर शेखर कोइरालाजस्ता सहयोगी समेत देउवाको विपक्षमा अभिव्यक्ति दिन थालेका छन् र सशांक कोइराला समेत देउवाका क्रियाकलापबाट खुश छैनन् ।
हो, खुमबहादुर खड्का देउवाले दिन्छु भनेर पनि उपसभापति नदिएकाले निकै रिसाएका थिए तर भ्रष्टाचार प्रमाणित भएकाले चुनाव समेत लड्न नपाउने कानुन बिजुली चम्केजसरी आएपछि चाउरिएका खड्कालाई देउवाले त्यही कानुन देखाएर मनाएका मात्र होइनन्, स्थानीय तहको निर्वाचनमा उमेदवार चयन गर्न र पार्टीको काममा लगाएपछि देउवा केही बलियो बनेका पक्कै हुन् । तथापि पार्टीभित्रका रामचन्द्र, कृष्णप्रसाद र सशांकलाई मनाएर पार्टी सञ्चालन र सरकारलाई पूर्णाकारसम्म दिन सकेका छैनन् । सबै प्रदेशमा एकैपटक चुनाव हुनसक्थ्यो, देउवाकै कारण ३ चरणमा हु“दैछ भने प्रदेश र केन्द्रको चुनावमा समेत देउवाको प्रभाव कम हुने संकेतहरु देखिएका छन् । खासगरी मधेसी मोर्चालाई मनाउन नसक्नु र एमालेले खिटिम खेलिदिनुले प्रचण्डपछि देउवासमेत असफल प्रधानमन्त्री बन्ने संघारमा आइपुगेका छन् ।
देउवाकै असक्षमताका कारण असोज २ गते हुने तेश्रो चरणको २ नम्बर प्रदेशको चुनाव यही चालले हुनसक्ने देखिदैन । सम्भवत मधेसी मोर्चालाई मनाइदिन देउवा गुहार मा“ग्न दिल्ली जाने तैयारीमा जुटेका छन् । दिल्ली भ्रमण निरन्तरता भन्दा थप केही होइन, यही भ्रमणमा संविधान संशोधनका बारेमा कुरा हुने भएकाले देउवाले सहयोग मा“ग्नेछन् ।
देउवाका लागि ठूलो चुनौती आफ्नै पार्टीभित्रको गुटबन्दी रहेको छ । ठूलो गुटको नेतृत्व उनी आफैले गरेका छन् भने अन्य गुटहरु पनि सक्रिय छन् । रामचन्द्र पौडेल कार्यवाहक नपाएर मुरमुरिएको स्थितिमा छन् । आन्तरिक द्वन्द्व र गुटबन्दी समाप्त पारेर पार्टी एकढिक्का बनाउने र अन्य दलहरुलाई सहमतिमा ल्याएर सरकार चलाउने भनिए पनि देउवाको दयनीय हैसियत दिनदिनै प्रष्टिदै गइरहेको छ । एकातिर ज्योतिष, अर्कोतिर श्रीमती र सालो भुषण राणाको उठ्तीपुठ्ती र कमिशनको लोभका कारण पनि देउवाको यो कार्यकाल असफल हुनेतिर उन्मुख भइसकेको छ । हरेक ठूला डिलमा आरजु र भुषणको संलग्नता, हरेक नियुक्तीमा उनीहरुको भ्रष्ट चरित्र उदांगिन थालेकाले पनि देउवाका लागि चौथो कार्यकाल चुत्थो हुने खतरा देखिन्छ । अव हेर्नुछ, पहिले त पूर्वराजाले असक्षम भनेका थिए, यसपटक पार्टीपंक्ति र जनताले असफल भन्न बेर छैन ।