Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

तेश्रो लिङ्गी मेयर

०५ सोमबार , असार २०७४७ बर्ष अगाडि

    परासी । रामग्राम नगरपालिकाको मेयरमा तेश्रो लिङ्ीले उमेदवारी दिएकी छिन् । गीता सेथवार यिनको नाम हो र यिनले मधेस तराइ फोरमबाट उमेदवारी दर्ता गराएकी हुन् । नेपालको इतिहासमै गीता पहिलो तेश्रो लिङ्गी उमेदवारको रुपमा चुनावमा प्रतिस्पर्धा गर्दैछिन् ।
    गीताले तेश्रो लिङ्गी भए पनि वैवाहिक जीवनमा बाँधिएर महिलाको रुपमा नागरिकता पाएकी छन् । नवलपरासी उजेनीमा बस्ने गीता समाजमा सम्मानित र लोकप्रिय मानिन्छिन् । यिनी भारतकी चेली हुन्, २०१९ सालमा परासीका रामजी सैथवारसँग विवाह गरेर नेपाल बसोबास गर्दै आएकी छिन् ।
    गीताले तेश्रो लिङ्गीको समाज नै बनाएकी छिन् । विवाह, भोज, जन्मदिनजस्ता अवसरमा यो जमातलाइ नाचगान र आशीर्वाद दिन निम्तो दिइन्छ र यही पेशा हो मेरो भन्ने गीताले चुनाव जितिन् भने लोकतन्त्रको अर्को आकर्षक दृष्टान्त यो पनि हुनेछ । यिनलाई राजनीतिक चस्का लागेको संविधानसभाको निर्वाचनदेखि हो । यद्यपि यसपल्ट भने यिनले जित्ने सम्भाबनाबारे निकै चर्चा छ ।
    यिनले आफू मेयर भए गरिब र दुखियाहरुको सेवा गर्ने योजना बताएकी छिन् । सुकुम्वासीहरुसँग गएर भनेकी छिन्– मलाई जिताए पर्ति जग्गामा बस्ने दिन सकिन्छ, म मेयर भएपछि सुकुम्बासीहरुलाई लालपुर्जा दिलाउने छु । नगरको कुनैपनि बाटो कच्ची र खाल्टो खुल्टी रहनेछैन, सबै कालोपत्रे गर्छु । रामग्राम स्तुपाको विकास र संरक्षणका लागि छुट्टै रामग्राम कोष खडा गरी यसको गुरुयोजना बनाउने छु ।
    अनेक लिङ्गीहरुलाई तेश्रो लिङ्गीको यो चुनौतिले देशव्यापी रुपमा चर्चा पाइरहेको छ । तेश्रो लिङ्गी ष्स्ता आफ्नो चुनाव प्रचारमा जोडतोडले जुटिसकेकी छिन् ।