Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

उमेदवारी भाँड्न सकेनन्, चुनाव कसरी भाँडने ?

०५ सोमबार , असार २०७४७ बर्ष अगाडि

    काठमाडौं । दोश्रो चरणको स्थानीय चुनाव हुन्न, हुन दिन्नौं भन्ने राजपाका ५ नेता र ५० जना कार्यकर्तालाई पक्राउ गर्नासाथ असार ४ को उमेदवारी मनोनयन शान्तिपूर्ण रुपमा सम्पन्न भयो । बरु चुनाव हुनैपर्छ भन्ने सत्ताधारी र प्रतिपक्षका कार्यकर्तावीच भीडन्त भएर एकजनाको मृत्यु भयो । राजपाले रुपन्देही, नवलपरासी, कपिलवस्तुमा समेत चुनाव रोक्ने आन्दोलन गर्न सकेनन् ।
    संविधान संशोधनलाई पहिलो मुद्दा बनाएका राजपा अव पनि सहमति र सहकार्यमा आउँदैनन् भने पाउनै पर्ने हक अधिकार त मधेसले पाउनेछ, यी नेताहरु भने किनारा लाग्नेछन् ।
यिनकै पार्टीका नेताहरु समेत निर्वाचनमा सहभागी भए । यिनकै कार्यकर्ताहरुसमेत अन्य पार्टीहरुमा सामेल भएर चुनावमा खटिनपुगे । अव पनि यिनले जिरह गरेर चुनाव भाँड्छु, बम पड्काउँछु, एक मधेस बनाउँछौं, एक नेपाल रहन दिन्नौं, मधेसलाई नयाँ देश बनाउँछौं भन्ने हो भने यिनीहरुमाथि हदैसम्मको कानुनी कारवाही हुनसक्छ । यतिमात्र होइन, सडकबाट यिनले विदेशीसँग सहकार्य गर्छौं भनेर दिएके अभिव्यक्तिसमेत रकेर्ड गरेर प्रमाणका रुपमा राखिएको यिनले बिर्सन हुन्न । हिम्मत छ भने चुनावमा बहुमत ल्याएर संविधान संशोधन गरुन् । होइन भने तर्साएर, धम्क्याएर र मधेसको अधिकार भनेर यिनले राजनीति गर्ने बेला समाप्त भयो भन्छन् विश्लेषकहरु ।
    हो, मधेसलाई राष्ट्रिय सहमतिमा ल्याउनै पर्छ । मधेसलाई सहमतिमा ल्याउन भनेको यी ५ जनालाई सहमति मा ल्याउने भनेको होइन । यी नआए पनि मधेसका जनता सहमतिमा आउनेछन्, जनताले पठाएका नयाँ नेताहरुले सहमति गर्नेछन् र मधेस, पहाड, हिमालले बनेको नेपाल सहकार्य, समानताका साथ अघि बढ्नेछ ।
    सोनवर्षा भारताबाट आएका राजेन्द्र महतो र उनको लहैलहैमा लाग्ने मधेसका नेताले बुझ्नुपर्छ, महतोको पछि लागेर मधेसको हित हुँदैन, मधेसको अधिकारमात्र लुटिनेछ । लुट्ने यिनै महतोहरु हुनेछन् । सप्तरी तिलाठीका देवनारायण यादवजस्ता देशभक्तको मधेसमा कमी छैन ।