Advertisement Banner
Advertisement Banner

२० बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

राष्ट्रिय जनता पार्टीले राष्ट्रिय सेनाको मन्त्र सुनोस्

०५ सोमबार , असार २०७४९ बर्ष अगाडि

    असार ४ गते । नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले फेरि सबैले सुन्नेगरी, सबैले बुझ्नेगरी सैनिक भूमिका यसरी सम्झाएका छन्–
    नेपाली सेनाले राष्ट्रिय एकता तथा भौगोलिक अखण्डतामा आँच पुग्ने कुनै पनि गतिविधि सहन गर्दैन, यस्ता गतिविधि नेपाली सेनालाई स्वीकार्य छैन । केही विखण्डनकारी तथा राष्ट्रिय अस्थिरता पैदा गर्ने तत्वहरु सक्रिय हुँदै आएको सूचना सेनाले प्राप्त गरेको छ, यसप्रति नेपाली सेना सचेत र सतर्क छ ।  प्रधानसेनापति क्षेत्रीले राजनीतिक मागहरु राजनीतिक तहबाटै हल हुनपर्ने समेत प्रष्ट पारिदिएका छन् । संसदवादी राष्ट्रिय जनता पार्टी र सिके राउतजस्ता बिखण्डनवादीवीच सहकार्य भइरहेको र निर्वाचन भाँड्न राष्ट्रिय अस्तित्वमाथि नै धावा बोल्न थालेको स्थितिमा नेपाली सेनाका प्रधानसेनापति आफैले यसरी सभ्य तर कडा अभिव्यक्ति दिनुलाई विश्लेषकहरुले राष्ट्रको राजनीतिक जोखिमयुक्त स्थितिको आँकलन गरेर गम्भीर रुपमा लिएका छन् । यस अघि पनि पटक पटक प्रधानसेनापतिले नेपाली सेना कुनै पनि बिखण्डनको चुनौतिसँग सामना गर्न सक्षम छ, तैयार छ भन्ने अभिव्यक्ति दिइसकेका छन् ।