Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भ्रष्टको भागाभाग

२९ सोमबार , जेठ २०७४७ बर्ष अगाडि

    काठमाडौं । जेठ २८ गते अनामनगरमा आश्चर्यको घटना घट्यो । नेपाल दूरसञ्चार प्राधिकरणका कार्यकारी दिगम्बर झा मोटरमा आइरहेका थिए, एकझुण्ड युवाहरुले– आयो, भ्रष्टाचारी आयो, एनसेलको दलाल आयो– भनेर लखेटे । झा चढेको बा ६ च ५६१६ नम्बरको गाडीमाथि आक्रमण गर्न थाले ।
    के चाहियो, झाको सातोपुत्लो उड्यो । उनले ड्राइभरलाई गाडी भगाउ, गाडी भगाउ भनेर आदेश दिए र झा चढेको गाडी बेपत्ताले भाग्यो । युवाहरु कराइरहेका थिए– पख्लास् भ्रष्टाचारी, तँलाई ।
    झा चढेको गाडीको सिसा फुट्यो, कच्याककुचुक भएको छ । झासँग सम्पर्क गर्दा उनले के भने थाहा छैन भनेर पन्छिए । प्रहरीले घटनाका सम्बन्धमा झासँग सम्पर्क गर्दा बताए, उजुरी गरेनन् । कुनै गुण्डा होलान् भनेर पन्छिएका छन् ।
    बुढी मरी भन्ने सवाल होइन, काल पल्क्यो भन्ने सवाल हो । यसैगरी युवाहरुले भ्रष्टाचारीलाई सार्वजनिक बेइज्जत गर्न थाले भने कानुनव्यवस्था के होला ?