Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सशस्त्रमा अर्को सुडान काण्ड

२९ सोमबार , जेठ २०७४७ बर्ष अगाडि

    भ्रष्टाचारको पोखरीमा चुर्लुम्मै डुबेको सशस्त्र प्रहरी बलमा कोषराजपछि दुर्जकुमार र दुर्जकुमारपछि सिंहबहादुर श्रेष्ठ आए पनि सुधार हुनसकेन । फ्रेन्चकट दारीवाला गृहमन्त्री आएपछि के के न गर्छन् भनेको त उनले पनि सशस्त्रका सकल दर्जाका लागि चाहिने लत्ताकपडा, aजुत्तामोजा, झूल कम्बलका डिजाइन र स्याम्पल फेरेर करोडौं भ्रष्टाचार गरिएको खबर सार्वजनिक भएको छ । दुर्जकुमारका छायाँ आइजीपी बनेका सर्वेन्द्र खनाल एण्ड कम्पनीले सिंहबहादुरलाई त्यही जालोमा  फसाएको बताइन्छ । यसबारेमा अख्तियारमा प्रमाणसहितको उजुरी परे पनि प्रमुख आयुक्त
 दीप बस्नेतले वास्ता किन गरेनन् भन्ने रहस्यबारे चर्चा चलिरहेको छ ।
    इन्द्र ओडारी, इन्द्र श्रेष्ठ, टोपेन्द्र बीसी, दीपक भट्ट, केदार गेलाल, सुजन पराजुली, राजमान मिश्र, रतन संघई, पिताम्बर मुन्काबाट सामान बुझ्ने, बिल भुक्तानी गर्ने काम युद्धस्तरमा चलिरहेको स्रोतको दावी छ । एक पदाधिकारीका अनुसार पहिले जुन सेटिङ सर्वेन्द्र खनालले मिलाएका थिए, त्यही खनाल, एसपी विजय पण्डित, प्रशासनका नगेन्द्र थापाको सेटिङमा आइजीपीसाप पनि फसेपछि भ्रष्टाचार व्यापक भएको छ । यो सेटिङमा मारवाडी समूह बढी चलखेल गरिरहेको उनको भनाइ रहेको छ । ती स्रोतका अनुसार गतवर्ष अयोग्य, रिजेक्टेड सामान यसवर्ष सकारेर सशस्त्रको भ्रष्ट टिमले वितरण गर्न थालेको खबर छ । सकल दर्जाले आफूमाथि विभेद र रिसराग राखिने भएकाले हेडक्वार्टरले जे पठाउँछ स्वीकार्नै पर्ने बाध्यता छ । यसमा नियामक निकायले ध्यान दिनुपर्ने हो तर नियामक निकाय नै भ्रष्टहरुको पक्ष लिएजस्तो देखिएपछि के लाग्छ ?