Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

देश सपार्छु भन्नेले स्वास्थ्य बिगार्दैछन्

२२ सोमबार , जेठ २०७४७ बर्ष अगाडि

    काठमाडौं । शेरबहादुर देउवा चालिसौं प्रधानमन्त्री बन्ने पक्का भयो । शायद यही खुशीयालीमा पियक्कड देउवा निवासमा पिउले सिलसिला अझ बाक्लिदै गएको छ ।
    राप्रपाले समेत देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने जनाइसकेको छ । मधेसी मोर्चाका राजपासहितको घटकहरुले समेत देउवाले आफ्ना मागहरु पूरा गर्ने भएकाले समर्थन दिने भनेका छन् । साना दलहरु त देउवाको पक्षमै भएकाले पनि देउवाले दुई तिहाई मतका साथ प्रधानमन्त्री बन्ने निश्चित छ ।
    प्रधानमन्त्रीका एक्ला उमेदवार र यति ठूलो समर्थन । तर कांग्रेसकै बरिष्ठ नेता रामचन्द्र पौडेलको प्रश्न छ– देउवाको प्रधानमन्त्री केका लागि ? कांग्रेसभित्र ठूलै जमात छ यस्तो प्रश्न गर्ने र पहिलो चरणको स्थानीय निर्वाचनपछि दोश्रो चरणमा पनि देउवाको सनकमा केहीलाई मेयर, गाउँपालिकाको अध्यक्षको टिकट दिइएकोमा व्यापक असन्तोष पनि फैलिएको छ । यस्तै असन्तोषका तनाव गर्न हो कि देउवा झन धेरै पिउन थालेका छन् ।
    सम्भवत: आजै शेरबहादुर देउवा चौथोपटक चालिसौं प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गर्नेछन् । संसदमा उनका लागि प्रचण्डले खाली गरिदिएको प्रधानमन्त्री पदका लागि प्रचण्ड बहुमत मिल्नेछ ।
    आश्चर्य, देउवाका प्रस्तावक बनेका छन्– माओवादी अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री प्रचण्ड । र समर्थकहरु रहेका छन्– वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, समाजवादी जनता दलका अध्यक्ष प्रेमबहादुर सिंह, अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्का र नेकपा (संयुक्त) का नेता जयदेव जोशी । र, राप्रपा लगायतका सानादलहरुले समर्थन दिने घोषणा गरिसकेका छन् । यति हुँदा पनि आफ्नो पार्टीभित्र
कालाई भाग, समर्थक दलहरुलाई भाग दिन सकसमा परेका देउवालाई तत्काल जम्बो सरकार बनाउने कि अहिले सानो मन्त्रिमण्डल बनाएर पछि थप्ने भन्ने अप्ठेरो छ । सबै साना दलहरुलाई हातहातै भनेजस्तो विभाग र मन्त्रीपद चाहिउको छ ।
    देउवालाई मन्त्रिमण्डल कत्रो बन्ला भन्ने चिन्ता छैन । उनी पहिलेदेखि नै जम्बो मन्त्रिमण्डल बनाउन महारथ हासिल गर्ने नेता हुन् । बस उनलाई सत्रा चाहिने हो, आज पनि एमालेले संसद अवरुद्ध पार्ने हो कि भन्ने आशंका मात्र छ ।
    त्यसैले पियक्कड देउवा, दनादन पिउन थालेका पो हुन् कि ? यो विश्लेषकहरुको विश्लेषण हो ।