Advertisement Banner
Advertisement Banner

१७ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

किन फुट्यो ज्ञानेन्द्र बम ?

११ सोमबार , फाल्गुण २०७११० बर्ष अगाडि

'मसँग भएका सहमति कार्यान्वयन गर।' फागुन ७ गते पूर्वराजाले राजनीतिक दलहरुलाई यस्तो आग्रह गरेपछि निस्केको तरङ्ग थामिएको छैन। २०६३ साल वैशाख ११ गते राजाले मरेको संसद ब्यूँताउनु अघि ७ राजनीतिक दलहरुसँग सहमति भएको थियो र दलहरुले दिएको भाषण पढेर राजाले संसद ब्यूँताइदिएका थिए। त्यो सहमति के थियो? सहमति लिखित थियो र मौखिक? सहमति थियो भने त्यसको खुलासा हुनु र कार्यान्वयन हुनु राजनीतिक नैतिकताको प्रश्न बनेको छ। पूर्वराजाले मुख खोजे। मुख खोल्न ९ वर्ष लाग्यो। किन यति लामो समयसम्म पर्खिबसे पूर्वराजा? राजनीतिक तप्काले अव सहमति कार्यन्वयन गर्न नसक्ने भए, पूर्ण रुपमा असफल भइसके भन्ने निष्कर्ष निकालेर पूर्वराजाले मुख खोजेका हुन्?    यस्तो छ: पूर्वराजाको फागुन ७ को सन्देश :
६५औं प्रजातन्त्र दिवसको यस अवसरमा म समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु। आजभन्दा ६४ वर्षअघि प्रजातन्त्रप्रेमी जनता र राजाको समन्वयकारी सत्प्रयासबाट नेपाली जमीन र जनजीवनमा प्रजातन्त्रको विजारोपण भएको हो। प्रजातन्त्रको लागि त्याग र उदारता प्रस्तुत गर्ने हाम्रा जिज्युबुबा राष्ट्रपिता स्व.श्री ५त्रिभुवन र बलिदान एवं जीवन उत्सर्ग गर्ने सहिदहरुप्रति म हार्दिक श्रद्धाभाव र श्रद्धाञ्जली प्रकट गर्दछु। प्रजातन्त्र राष्ट्रको अलंकार हो र जनता जनार्दनको भाग्य भविष्यको आधार हो। राज्य सञ्चालन र विधि व्यवस्थापनका निमित चाहिने मुख्य विषय आपसी  सुझबुझ, समझदारी र अनुभवयुक्त प्रयत्न हो। निषेध, विभेद, अन्योल, अलमल र कचिंगलमै समय बिताउनुभन्दा राष्ट्रको भूबनोट, राष्ट्रिय समाजको स्वरुप र राष्ट्रिय धर्म, परम्परा र मर्मलाई स्पर्श गरेर सही दिग्दर्शन गर्नेतर्फ अगाडि बढ्नु नै आजको आवश्यकता हो। ६४ वर्षअघि हाम्रा जिज्यू बुबाले र ९ वर्ष अघिको वर्षारम्भमै म स्वयंले गरे गराएको कार्यविधि पनि प्रजातन्त्र र त्यसको आधार राष्ट्रियतालाई बलियो बनाउने कार्य कदम थियो भन्ने कुरा म पुनः स्मरण गराउन चाहन्छु। त्यसैले तत्कालीन राजनीतिक दलहरु र मेरा वीच प्रजातन्त्रको मूल्य र मान्यतामा आधारित जे जति सहमति, समझदारी एवं व्यवस्थापकीय गतिविधि भएका थिए, तिनको स्मरण र अनुशरण गर्दै त्यसलाई सही रुपले कार्यान्वयनमा ल्याई मुलुकलाई दिगो शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढाउन सकेमा नै आजको पुनित दिवसको सार्थकता रहन्छ।
नेपालको मूल कानुन परिपूर्ण रुपमा आओस्, मुलुकको राज्यव्यवस्थाले स्थिरता र गतिशीलता प्राप्त गरोस् यही मेरो शुभकामना छ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्। जय नेपाल।