काठमाडौं । लोकमान सिंह कार्की विरुद्धको महाभियोग तुहियो, अव प्रधानन्यायाधीशमाथि लगाइएको महाभियोग तुहिनेवाला छ । राष्ट्रसंघको सवालमा सरकारले नरम जवाफ पठाएको छ र विपक्षीको मागलाई संवोधन गर्दै महाभियोग फिर्ता लिने अथवा तामेलीमा पठाउने विषयमा भित्री गम्भीर छलफल सुरु भएका छन् ।
उता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा सूचना रुसका राष्ट्रपतिलाई चुहाएको भनेर महाभियोग लगाउन कानुनी चर्चा व्यापक रुपमा बढेको छ ।
अमेरिकी राष्ट्रपतिमाथि महाभियोग : यो चानचुने समाचार होइन । राष्ट्रपतिले एफबीआईका निर्देशक जेम्स कोमेलाई अपदस्त गरेपछि उनको टिपोट न्यूयोर्क टाइम्समा छापियो र इम्पिचमेन्टको हल्लाले हावा पाएको हो । महाभियोग आउला नआउला, उनका अभिव्यक्तिहरुले संकट भने दिनदिनै बढाएर लगेको छ ।
अपदस्त कोमेले अति संवेदनशील विषयहरु टिपोट गरेर राखे, पदमा हुँदा प्रष्ट पारेनन् र अपदस्त भएपछि कानुन पालनामा अवरोध गरेको कुरा सार्वजनिक गरेकाले महाभियोग आउने र पारित हुने सम्भाबना न्यून रहेको कानुनविदहरुकै प्रतिक्रिया सुनिन्छ । तर, राष्ट्रपति ट्रम्प स्टेट फरवार्ड भएर बोल्दा र उनका क्रियाकलापले उनका आगमी दिनहरु सहज भने देखिदैनन् । आश्चर्य त के पनि देखियो भने राष्ट्रपति ट्रम्पले प्रतिनिधित्व गर्ने रिपव्लिकन पार्टीका एरिजोनाका सिनेटर जोन म्याकिनले एक कार्यक्रममा ट्रम्पका काण्डहरू वाटरगेट साइज र तहमा पुगेको टिप्पणी गर्दा महाभियोगले विश्व चर्चा पाएको छ ।