Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सर्वाधिक चासो : भरतपुरको मेयर को ?

०८ सोमबार , जेठ २०७४७ बर्ष अगाडि

    चितवन । भरतपुर नगरपालिकाको मेयरमा देवी ज्ञवाली कि रेणु दाहाल, कसले जित्ला ?
    चुनाव स्थानीय तहको हो, तर चर्चा काठमाडौंस्थित विदेशी कूटनीतिज्ञदेखि, राजनीतिक बृत्त र आमजनचासोमा छाएको छ । भरतपुर महानगरको चुनाव परिणाममा यति धेरै चासो हुनुमा प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेणु दाहालको उमेदवारी र यो उमेदवारीलाई नेपाली कांग्रेसको समर्थन रहनु हो ।
    सत्ताधारी माओवादी र ठूलो पार्टी नेपाली कांग्रेसको साझा उमेदवार रेणु दाहालभन्दा अझै पनि एमालेका देवी ज्ञवाली अगाडि रहनु भनेको एमाले कति मजबुत पार्टी रहेछ भन्ने एकातिर देखिएको छ भने अर्कोतिर एमाले सशक्त प्रतिपक्षी त थियो नै, अव सशक्त पार्टीका रुपमा स्थापित हुनपुगेको अर्थमा पनि विश्लेषण भएको छ । एमालेले भरतपुरमा पनि बाजी मार्‍यो भने चुनाव एमालेका लागि ऐतिहासिक नै हुनेछ ।
    यद्यपि प्रधानमन्त्रीका प्रेस सल्लाहकारले चितवनको निर्वाचनमा प्रधानमन्त्रीले कुनै चासो  नराखेको बयान सार्वजनिक भएको छ । यो यथार्थ होइन, किनभने निर्वाचन सम्पन्न गराएको जस लिने र निर्वाचनको परिणाम आउन थालेपछि रुझान माओवादी केन्द्र विपरित देखिन थालेपछि प्रधानमन्त्रीले जसले जिते पनि देशले जित्ने प्रतिक्रिया दिएका थिए । चुनाव र मतगणना भइरहदा प्रधानमन्त्री दुईपटक चितवन पुगेका थिए । यी घटनाक्रमले पनि प्रधानमन्त्रीलाई भरतपुरको मेयरको नतिजामा चसो छैन भन्न सकिन्न ।
    स्थानीय तहको निर्वाचनको यो पहिलो चरण हो । दोश्रो चरण जेठ ३१ मा गर्ने निधो भएको छ र  निर्वाचन प्रकृया प्रारम्भ भइसकेको अवस्था छ । दोश्रो चरणमा एमालेलाई कसरी साइजमा ल्याउने भन्ने बारेमा चुनावी रणनीति तयार गर्न सत्ताधारी माओवादी केन्द्र र कांग्रेसमात्र होइन, मधेसी दलहरुलाई समेत एकै मिसिलमा मिसाएर एमालेलाई टक्कर दिने अवस्थामा पुर्‍याउन भारतसमेत संलग्न भएका खबरहरु आइरहेका छन् । भारत एमालेसँग संविधान संशोधन गर्न अस्वीकार गरेका कारणले पनि नाखुश छ र चुनावको जितको लहरले त भारतलाई जलीमली पारेको छ ।
    एमालेलाई यही ब्रेक लगाउन सकिएन भने थप चुनौती खडा हुनसक्ने निष्कर्ष निकालेरै राजदूत मञ्जिव सिंह पुरी सत्ताधारी र मधेसी मोर्चा अर्थात राजपालाई मनाउन र तालमेलसहित चुनावमा सहभागी गराउन सक्रिय भएका हुन् भनिदैछ । जेहोस्, नेपालको स्थानीय तहको निर्वाचनले भातरको निद हराम गरिदिएको छ । र, एमालेले जुन प्रदर्शन गरेको छ, जनमत साथ दिएका छन्, देखते चलो, आगे आगे होता है क्या ?..