Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

राजदूतको छक्का, देउवा र ओलीलाई धक्का

०८ सोमबार , जेठ २०७४७ बर्ष अगाडि

    भारतीय राजदूतको पहलमा दोश्रो चरणको ४१ जिल्लाको स्थानीय तहको निर्वाचनमा माओवादी, मधेसी र कांग्रेसको तालमेल हुने भएको छ । दिल्लीको मन्त्र र राजदूतको तन्त्रमा बढी विश्वास गर्ने मधेसी मोर्चाहरु संविधान संशोधन गर्न नचाहनेलाई व्यालेटले जवाफ दिने बताउन थालेका छन् । चङ्गा उडाउन ग्वाँख हालेझैं भारतको ग्वाङ् र पुतली नाचेझैं नाच्न भारतले नै दम दिनुपर्ने दलहरुले दोश्रो चरणको निर्वाचनमा पहिलो चरणको निर्वाचनको ठूलो विजेता बनेको एमालेलाई इटाको जवाफ पत्थरले दिन जनमत एकीकृत गर्न सक्लान् त ? अहिले नै देखियो, एमालेको संगठन र आमनागरिक चयन एमाले रहेछ । बिगत जतिसुकै तीतो भए पनि वर्तमानमा एमालेको राष्ट्रवाद जनताको च्वाइस बनेको छ, यी भारतीय राजदूतले जनतालाई सत्ताधारी र मधेसी दलहरुको भ्वाइस बनाउन सक्लान् ?
    पहिलो चरणको निर्वाचनको नतिजा प्रकाशित भइरहदा माओवादी केन्द्रको सातो गयो, एमालेले जता पनि लिड गर्दै गएको खबरले भारतीय दूतावासको निद हराम भएको खबर छ । जेठ ५ गतेदेखि निरन्तर ाभरतीय दूतावासमा कांग्रेस सभापति शेरबहादुर देउवासहित सत्ताधारीका प्रतिनिधि र मधेसवादी दलका नेताहरुवीच नियमित भेटघाट र टेलिफोन सम्पर्क भइरहेको छ, एमालेले स्थानीय तहमा जग हाल्दा, कांग्रेस, माओवादी र मधेसवादीभन्दा भारतलाई पर्नु पीर परेको देखिदैछ ।
    १, २, ५ र ७ नम्बर प्रदेशमा जेठ ३१ गते निर्वाचन हुँदैछ । अझै पनि होला र ? भन्ने अन्यौल कायमै रहे पनि अव निर्वाचन रोक्न नसकिने स्थिति सिर्जना भइसकेको छ । ४१ जिल्लामा हुने यी निर्वाचनमा एमालेलाई कसरी पछि पार्ने, उसको बढत रोक्ने र सत्ताधारी तथा मधेसी दलहरुको प्रभाव कायम राख्ने भन्ने विषयमा राजदूतको अग्रसरतामा वैठकहरु भइरहेका हुन् । राजदूतले मधेसमै एमाले दोश्रो दल बन्नसक्ने र समष्ठिमा दोश्रो चरणको परिणामले एमालेलाई पहिलो बनाउन सक्ने आँकलन पेश गरेपछि एमालेलाई पछार्ने रणनीति बन्न थालेको खबर छ । यसका लागि राजदूत मञ्जिव सिंह पुरीले यही सरकारबाट दोश्रो चरणको निर्वाचन हुनुपर्ने बताएपछि कांग्रेससँगको सहमति नतोड्ने प्रवक्ता पम्फाभुसालको दावी झूठो हुनसक्ने अनुमान गरिएको छ । यिनै राजदूतले मधेसी दलहरुलाई निर्वाचनमा सहभागी हुन दिएको निर्देशनले पहिलो चरणको बहिष्कार गरेका मधेसीहरु संकटमा फसे पनि उपेन्द्र यादवले भाग लिने बताएर संकट टारिदिएका छन् ।
    मधेसी एक नेताका अनुसार मधेसी दलहरुले साझा उमेदवार खडा गर्नेछन् र ती सबैले जित्ने निश्चित छ । एमालेले मधेसमा चुनाव जित्ने कुरा नचिताए पनि हुन्छ । मधेसमा माअ‍ेवादी र कांग्रेससँग समेत तालमेल हुने तिनले बताए ।
    समष्ठिमा चुनावी महायज्ञको घोडा रोक्न भारतीय राजदूतले माओवादी, कांग्रेस र मधेसवादीलाई एकाकार गरेका छन् । यसका लागि भारतीय दूतावासले अपनाउने आर्थिक, राजनीतिक शक्ति परिचालन हेर्न लायक परिदृश्य हुनेछ । यदि दूतावासले खुल्ला रुपमा अगाडि सर्‍यो भने त्यो अवस्थाले नेपाल भारत सम्बन्धमा समेत नराम्रो असर पर्नसक्ने विञहरुको विश्लेषण सार्वजनिक हुन थालिसकेको छ ।
    दोश्रो चरणको निर्वाचन र प्रदेश तथा केन्द्रको चुनाव पनि मै गराउँछु भनेर तातेका कांग्रेस सभापति भारतीय राजदूतले मधेसी दलहरु वर्तमान सरकारले नै चुनाव गराओस् भन्ने चाहेको बताएपछि एकाएक  सेलाउन पुगेका छन् । यद्यपि उनको छिटो प्रधानमन्त्री बन्ने प्रयास जारी छ ।
    सभापतिले राजदूत, न्यायाधीश, आइजीपी नियुक्तीमा जुन काँचोपन देखाए, त्यसका कारणले कांग्रेस एमालेभन्दा चाउरिनु परेको आरोपले कांग्रेस दरवार नराम्ररी कम्पन भइरहेको छ ।
    तथापि स्थानीय निकाय थप्नुपर्ने, संविधान संशोधन हुनुपर्ने,मुद्दा फिर्ता र क्षतिपूर्ति पाउनुपर्ने आदि मधेसी मागहरु आंसिक पूरा गरेर चुनावमा सहभागी होलान् ? यस्ता अनगिन्ति प्रश्नहरुका वीचमा सरकारको नीतिकार्यक्रम र बजेट आउँदैछ, कसरी दोश्रो चरणको निर्वाचन सम्भव होला ? आशंका बाँकी नै छन् ।