Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चुनावमा जान्छौं

०८ सोमबार , जेठ २०७४७ बर्ष अगाडि

   जनकपुर । जेठ ७ गते जनकपुर टुडेको १८औं वार्षिकोत्सवको कार्यक्रममा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले ब्यालेटको मोर्चामा आउन मधेसी दलहरुलाई सुझाइरहेका थिए, काठमाडौं फर्केर उपेन्द्र यादवले जवाफ फर्काए– संविधान संशोधन नभए पनि ब्यालेटले जवाफ दिन्छौं ।
    अर्थात मधेसवादी दलहरु दोश्रो चरणको निर्वाचनमा सहभागी हुन भित्रभित्रै तैयार भएका छन् ।
    प्रधानमन्त्रीले १० प्रदेशको पक्षधर हुँ, मधेस २ प्रदेश बनाउने मेरो पार्टीको आधिकारिक निर्णय हो तर देशलाई निकास दिने र मधेश र मधेशी जनताका मुद्दा सम्बोधन गर्न गणतन्त्र, संघीयता, धर्मर्िनरपेक्षता जस्ता उपलब्धिहरु संस्थागत गर्नुको बिकल्प छैन । त्यसका लागि मधेश केन्द्रित दलहरु पनि निर्वाचनमा आउनुपर्छ । आन्दोलन र संघर्षको रुप सधैं एउटै हुँदैन, तपाईहरु पनि ब्यालेटको मोर्चामा आउनुस्, संघीयता संस्थागत गरौं भनेर जनकपुरबाट आग्रह गरेका छन् ।
    यद्यपि त्यो कार्यक्रममा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राजपाका नेता महेन्द्र राय यादव, कांग्रेस नेता अमरेशकुमार सिंह पनि उपस्थित थिए र लचकदार भाषण गरेका थिए ।
    उपेन्द्र यादवले स्पष्ट शव्दमा भनेका छन्– संविधान संशोधन नभए पनि मधेसी दलले चुनावमा भाग लिन्छन् । उनले यो प्रष्टोक्ति जनकपुरमै पत्रकार सम्मेलन गरेर समेत बताए । मधेसवादी दलहरुले गठन गरेको राष्ट्रिय जनता पार्टीमा सबै मधेसवादी दलहरु एक भएका छन् र घरघरमा राजपा राजपा कण्ठ गराइसकेका छन् । दोश्रो चरणको निर्वाचनमा संविधान संशोधन विरोधी एमालेलाई सवक सिकाउने उनीहरुको तैयार रहेको छ ।
    राजपालाई भाजपाको भाइपार्टी भनेर जतिसुकै खिसी गरे पनि दोश्रो चरणको निर्वाचनमा यही पार्टीले मधेसमा किल्ला गाड्यो र झण्डा फहराइदियो भने राजपाको हैसियत राम्रैसँग स्थापित हुनजाने छ । जनकपुरवासी भन्छन्– मधेसमा राजपाका बारेमा एकमत छ, त्यही एकमत मतदानमा देखिने छ । मधेस राजपामय हुनेछ ।
    राजपाले संविधान संशोधन मार्फत जे जे खोजेका छन्, ती मागहरु आफ्नो जनमत स्थापित गरेर, त्यही जनबलका माध्यमबाट उठाउनु उपयुक्त हुनेछ, त्यही नै लोकतान्त्रिक बाटो पनि हो भन्दैछन् राजनीतिक पर्यवेक्षकहरु पनि ।