Advertisement Banner
Advertisement Banner

१७ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मलाई सिध्याउने तानाबाना बुनियो

११ सोमबार , फाल्गुण २०७११० बर्ष अगाडि

फाल्गुन ८ गते यसै भने प्रचण्डले। नेपाल राष्ट्रिय प्राध्यापक संघ र नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठनले गरेको अन्तरक्रियामा एमाओवादी अध्यक्षले यसै भनेका हुन्। उनले भने– उनलाई प्रतिगामी क्वार्टरबाट सिध्याउने तानाबाना बुनिएको आजै मलाई थाहा भयो। वीपीले राम्रो गर्न खोज्दा जेलदेखि निर्वासन भोग्नुपर्‍यो, मदन भण्डारी राम्रो गर्न खोज्दा मारिए, गिरिजाको निधनपछि मलाई सिध्याउने षडयन्त्र भइरहेको छ। त्यो कुन प्रतिगामी क्वार्टर हो? प्रचण्डले स्पष्ट पारेनन्। तत्कालै गृह मन्त्रालय हर्कतमा आयो र प्रचण्डलाई थप सुरक्षा बन्दोबस्त मिलायो। र, आफ्ना एजेन्सीहरुलाई सक्रिय पार्‍यो। भोलिपल्टैदेखि गरिएको थप अनुसन्धानबाट रहस्य खुल्यो र राज्यले मुख खोल्यो– प्रचण्डलाई आफ्नै समूहबाट खतरा बढिरहेको पायो।
प्रचण्डलाई आफ्नै समूहबाट सुरक्षा थ्रेट– यो खबरले देशभरि चर्चा पाएको छ। पहिले पनि पदम कुवरले सार्वजनिक समारोहमै प्रचण्डमाथि हमला गरेका थिए। पछि उनले बयान दिएका थिए– प्रचण्डलाई सही मार्गमा ल्याउन हिर्काएको हुँ। अहिले स्वयं प्रचण्डको मुखबाट आफूलाई सिध्याउन खोजेको भनेर 'डर' प्रकट भएको छ र त्यो डर अन्यत्रबाट होइन, उनकै एमाओवादी क्वार्टरभित्रबाट आएको रहेछ। किन? यो प्रश्न गम्भीर छ।
एकजना एमाओवादी नेताहरुसँग संसर्गमा रहेका अधिवक्ताले व्यक्तिगत रुपमा भने– लडाकाहरुको जीवन कष्टमय छ। खासगरी महिलाहरुको जीवन बर्बाद भइरहेको छ। उनीहरु पेट पाल्न यौन व्यवसायमा संलग्न हुन बाध्य पारिएका छन्। मुक्ति आन्दोलनमा लडेका केटीहरुको जीवन बर्बाद हुनु कम दर्दनाक छैन। कतिपय युवाहरु स्वदेशमै सित्तै लडिएछ भनेर कष्टकर जीवन बिताइरहेका छन्। सक्नेहरु अरवको तातो घाममा सेकिन पुगेका छन्। लडाकाहरुको हिसावकिताव एमाओवादीभित्र केही पनि छैन। ती होनहार लडाकाहरुमा बितृष्णा आएको हुनुपर्छ। एमाओवादी र प्रचण्ड भनेर जीवन अर्पण गरे, तिनलाई हेर्ने जिम्मेवारी बहन नगर्नुले पनि प्रचण्डउपर खतरा उत्पन्न भएको हुनसक्छ।