काठमाडौं । यो विकासे सञ्जाल होइन, यो त भारतीय पेन्सन क्याम्पको सञ्जाल हो । कुनै पनि मुलुकमा एकातिर खुला सिमाना, अर्कोतिर यसरी पेन्सन क्याम्प खोलेर संगठन विस्तार गर्न दिइदैन तर नेपालमा सिधै १५ सय योजनाका लागि बजेट बितरण गर्न, आफैले बर्षेनी हजारभन्दा बढी छात्रबृत्ति दिन, चन्दा र एम्बुलेन्स बाँड्नसमेत छुट पाएको भारतले गोर्खा सैनिकका नाममा यसरी नेपालभरि सुरक्षा सञ्जाल फैलाइसकेको छ ।
एकातिर मानसिक रुपमा भारतीयकरण गर्ने र अर्कोतिर दूतावास, वाणिज्यदूतावास र पेन्सन क्याम्पहरुबाट राजनीतिक उद्देश्यका लागि संगठन विस्तार गर्ने छुट पाइरहेको छ । नेपालले भारतका सबै प्रस्तावहरु मानेर गुण लगाइरहेको छ र नेपालको पकड भारतीय मुठ्ठीमा हालिदिन नेपाल सरकारमा जुन जुन पार्टी गएका छन्, तिनले भारतलाई खुश पार्ने काम गरिरहे ।
पेन्सन क्याम्प खोलिरहनु पर्दैन, वैंकबाट भुक्तानी गर्न सकिन्छ, नेपाल सरकारको सहयोग लिन पनि सकिन्छ । तर भारत आफै अग्रसर हुनुको कारण नेपाललाई घेराबन्दीमा पार्नु नै हो । भर्खर नेपालले चीनको ओविओआरमा सही गर्यो, भारत रिसायो । भारत
र भुटानमात्र हो दक्षिण एसियामा चीनको वान बेल्ट वान रोडको बिरोध गर्ने र सही नगर्ने । चीनले केरुङ काठमाडौं जोड्ने रेललाइन बिछ्याइदिने र स्याफ्रुवेसी केरुङ सडक बनाइदिने घोषणा गरेपछि दिल्लीमा धमाका नै भयो ।
आफ्नो अनुमति नलिई नेपालले ओविओआरमा सही गरेकाले भारत रिसाएको हो । अव भारतले नेपालनीतिमा अरु कडाइ गर्ने रचीनको प्रभाव न्यून पार्न भारतको उपस्थिति बढ्ने खतरा छ ।
त्यसै पनि भारतले सार्कलाई पछि धकेलिदिएको छ । सार्क सम्मेलन हुन नदिन र पाकिस्तानलाई ओझेलमा पार्न नेपालको दुरुपयोग गरिरहेको स्थितिमा अव चीनलाई पनि पछि पार्न भारत खुलेर नेपालमा देखा पर्ने अनुमान गरिएको छ । यसका लागि भारतले अन्य उपायका साथमा पेन्सन क्याम्पको उपयोग पनि राजनीतिक रुपमा गर्ने धेरैले लख काटेका छन् । पेन्सन क्याम्प भनेको सानो सानो आर्मी अखडा नै हो, नेपालका विभिन्न ठाउँमा यसरी भारतीय सेनाको उपस्थिति नेपालका लागि खतरा हो । भारत भनेपछि आँखा चिम्लिने बानी परेका हाम्रा नेताहरुको आँखाले त्यो खतरा देखिरहेको छैन ।
स्मरणीय छ, नेपालका करिव सवालाख पेन्सनर सैनिकलाई भारतले दुरुपयोग गरिदियो भने त्यसको नतिजा के हुन्छ ? पेन्सनरहरु चितवन, रुपन्देही, दाङ, सुर्खेत, गुल्मी, वैतडी, पोखरा, बाग्लुङ, तनहुँ,पाल्पा, ओखलढुंगा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, इलाम, दोलखा, लम्जुङ, कैलाली, बाँकी, सुनसरी, खोटाङ, म्याग्दी, अर्घाखाँची, स्याङ्जा, कन्चनपुर, काठमाडौंमा छन् र भारतीय क्याम्प पनि यी सबै जिल्लाहरुमा तैनाथ देखिन्छन् ।
२०६३ साल अघि १६ जिल्लामा रहेका साना ठूला क्याम्प यतिबेला २५ पुगिसकेको अवस्था छ । नेपाली सेनाका अनुभवी जनरलहरुका अनुसार वैंकमार्फत सहज रुपमा पेन्सन दिन सकिन्छ, तर भारत यसरी रक्षा संयन्त्र खडा गर्दै जानु नेपालका लागि खतरा हो । भारत भने अझ यस्ता क्याम्पहरु थप्नका लागि अनुरोध गरिरहेको छ ।
स्मरणीय छ, २०२६ सालमा नेपाल चीन बोर्डरमा भारतले खडा गरेको १६ चौकी बल्ल बल्ल नेपालले हटाएको थियो, अहिले त पेन्सन क्याम्पका नाममा भारतले सैनिक क्याम्प बढाउँदै र नेपाललाई घेर्दै लगेको देखिनु दुर्भाग्यजनक छ ।
तैपनि सत्ता र शक्तिका लागि ध्यान दिइरहेका राजनीतिक दलहरु सचेत र सतर्क देखिदैनन् ।तभ प्बलष्तष्उगच ायलत ज्भचभ‘