Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

राजधानीको मेयरमा कसले बाजी मार्ला

०१ सोमबार , जेठ २०७४७ बर्ष अगाडि

    माओवादी केन्द्र पछाडि पर्दा एमाले र कांग्रेस दुबैले काठमाडौं महानगरको मेयर जित्ने दावी गरिरहेका छन् । हुन पनि यी दुबै पार्टीमा मतदाताहरु केन्द्रित भएको देखियो र यही उमेदवारले जित्छ भन्न सकिन्न । यसकरण काठमाडौंको मेयर को ? उत्सुकता बढेको छ ।
    राजधानीका जनताले चुनेको मेयर अझै केही दिन ब्यालेटबक्सभित्रै रहने पक्का छ । ठूलो मतपत्र, एउटै मतपत्रमा मेयर, उपमेयरसहितका ७ उमेदवारहरुको पनि मत गन्नुपर्ने भएकाले मतगणना गर्न निकै कठिन छ । मतदान गर्नेलाई जति कठिन थियो, त्यस्तै गणनामा पनि झण्झट र बिबाद हुने गुञ्जाइस छ । यद्यपि मतपत्र ठूला तीन दलका लागि मात्र बनाएजस्तो, अरु चुनाव चिन्ह खोज्नै मुस्किल पर्ने खालको थियो ।
    काठमाडौं । उपत्यकाका १० नगर र काठमाडौं महानगरमा कुन पार्टीले जित्ला, कसले मार्ला बाजी भनेर यतिखेर व्यापक अनुमान भइरहेको छ । विजय ब्यालेट बक्सभित्र बन्द छ र ब्यालेट बक्स धमाधम खोलिदैछन् । राजनीतिक तरङ्ग समुद्रको ज्वारभाटाजसरी चलिरहेको छ ।
    प्रारम्भिक मतगणनाले उही ठूला तीन पार्टीको प्रतिस्पर्धा देखिएको छ । यसैले जित्छ भनेर भन्न सकिने अवस्था देखिदैन । २० वर्षपछि स्थानीय तहको निर्वाचन भएकाले पनि नयाँपुस्ता निर्वाचनमा बढी संलग्न भएका छन् त्यसैले युवापुस्ताको अनुमान गर्न मुस्किल छ । यहीकारणले गर्दा पनि राजधानीको मेयरको बढी चर्चा छ । सबैतिर चासो छ ।
    एमालेका विद्यासुन्दर शाक्य, नेपाली कांग्रेसका राजुराज जोशी र माओवादी केन्द्रका सर्वोत्तम डंगोलवीच मुख्य प्रतिस्पर्धा देखिएको छ । यद्यपि ज्यादै चर्चा पाएका रवीन्द्र मिश्रको साझा पार्टीका उमेदवार किशोर थापा र विवेकशील नेपाली पार्टीकी युवा उमेदवार रञ्जु दर्शनाको स्थिति बलियो देखिदैन । राजधानीवासीले विवेक प्रयोग गर्नेभन्दा पनि पार्टीगत संलग्नताका आधारमा मतदान गर्ने भएकाले पनि साझा र विवेकशीलको पार्टीगत आधार कमजोर छ र त्यही कमजोरीले यी दुई उमेदवारको स्थिति साह्रै कमजोर देखिने अनुमान गरिएको छ । मतदाताहरुसँग गरिएका मत सर्भेक्षणले पनि यी दुई उमेदवारलाई कमजोर देखाएको छ । र, एमालेका उमेदवारलाई जित्ने सूचीमा राखेको छ । तथापि कांग्रेस कमजोर देखिदैन ।
    पहिलो चरणको निर्वाचन सम्पन्न भयो, सबैको ध्यान अव तीन प्रदेशका २८१ स्थानीय तहको परिणाम के हुन्छ भन्नेतिर मोडिएको छ । काठमाडौं, भरतपुर, ललितपुर र पोखरा महानगर तथा अन्य नगरहरुमा कुन पार्टीले बिजय हासिल गर्ला भन्ने अनुमानहरु तीब्र भइरहेका छन् । तथापि काठमाडौंको मेयरको बढी चासो देखिन्छ । चासो कांग्रेसले समर्थन गरेको भरतपुर नगरमा प्रधानमन्त्री पुत्री रेणु यादवले जित्लिन् कि नजित्लिन् भन्नेमा पनि केन्द्रित देखिन्छ ।

    मतदान हुनुअघि खुब उछालिएको नारा थियो : हाम्रो होइन, राम्रो उमेदवार छानौं । तर पार्टी हेरेर मतदान भएको निश्चित भइसकेको छ । यसकारण ठूला तीनदलवीच प्रतिस्पर्धा देखिन्छ र काठमाडौं महानगरमा एमाले र कांग्रेसवीच काँटोका टक्कर भइरहेको छ । किशोर थापाले कांग्रेसको र रञ्जु दर्शनाले एमाले युवाको मत काटेको अनुमान गर्दै पर्यवेक्षण भइरहेको छ, कसले जित्छ भन्न सकिने अवस्था छैन ।
    पोखरामा एमालेले आफ्नो जित सुनिश्चित भनेको छ । यद्यपि पोखरामा पनि कांग्रेस र माओवादी तालमेल भएको छ । पोखरामा यता ललितपुरलाई लालकिल्ला पनि भनिन्छ । लालकिल्लामा एमालेले रातो झण्डा गाड्न सक्ला त ? २०७० सालको निर्वाचनमा कांग्रेसले हराएको ललितपुरमा लालहरुको इज्जतको सवाल भएको छ मेयरको निर्वाचन ।