Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

तीन दलीय चुनाव

०१ सोमबार , जेठ २०७४७ बर्ष अगाडि

    काठमाडौं । मतगणनाका प्रारम्भिक परिणामहरु आउन थालेका छन् । परिणामको ट्ेरन्ड तीन दलीय देखिन्छ । जता हेरे पनि यिनै तीन दलवीच प्रतिस्पर्धा । मतदाताले वैकल्पिक पार्टीलाई रुचाएनन्, अथवा यिनै तीन दललाई सही काम गर्ने अवसर दिनुपर्छ भन्ठानेर हो, जति ब्यालेट बक्स खुले, खुल्दैछन्, त्यसबाट यिनै तीन दलका मतहरु व्यापक रुपमा निस्किरहेका छन् ।
    यो स्थितिलाई हेर्दा सबैभन्दा भ्रष्ट, अनैतिक र राष्ट्रघातीका आरोप लागेका यी तीन दललाई नै आत्मालोचना गरेर अघि बढ्न र जनअपेक्षा पूरा गर्न जनादेश प्राप्त हुनेवाला छ । पहिलो चरणको जुन ट्ेरन्ड देखियो, दोश्रो चरणमा पनि देखिने यही नै हो । यसबाट खासगरी संविधान संशोधन गरेर मधेसमा बर्चस्व कायम गर्ने मधेसी दलहरुको जुन अभिष्ट थियो, त्यसमा नराम्रो धक्का लाग्न पुगेको छ र मधेसी दलहरु झस्किएका छन् ।
    जनताको मन र ध्यान पटक्कै विकल्पतिर गएको देखिएन । देशको राजनीतिक धरातल एकपटक फेरि यही तीनदलीय हुनपुग्दैछ ।