काठमाडौं महानगरमा चारतारा बोकेर राजुराज जोशी, सूर्यछाप बोकेर विद्यासुन्दर शाक्य र हँसिया हथौडा बोकेर सर्वोत्तम डंगोल चुनावी मैदानमा छन् । यी तीनमध्ये एकले महानगर हाँक्ने निश्चत छ किनभने यी तिनै पार्टीको संगठन बलियो छ । यद्यपि विवेकशील नेपालीले रञ्जु र रविन्द्र मिश्रको साझा पार्टीले किशोर थापालाई उमेदवार बनाएको छ । यिनको पार्टी संगठन नभएको र गणेशमान सिंहले उतिबेलै काठमाडोंका जनता भेडा भनिसकेकाले त्यो मनस्थितिमा कुनै तात्वीक परिवर्तन आइनसकेकाले पनि ठूला पार्टीवीचको साँढे जुधाई नै निर्णायक हुनसक्ने विश्लेषण भइरहेको छ । त्यसमाथि चितवनमा प्रधानमन्त्री पुत्री र काठमाडौंमा राजुराज जोशीलाई माओवादीले सघाउने निर्णय गरेर एमालेलाई टक्कर दिने भित्रभित्रै थप तैयारी पनि भइरहेको देखिन्छ ।
यो दृश्यले हँसियाभित्रको रुख र सूर्यभित्रको गाईको केमेष्ट्रीले एउटा रसायन उत्पादन गर्ने र त्यही रसायनले ५ वर्षको कार्यकालका लागि काठमाडौं महानगर हाँक्ने स्थिति छ । तर, कांग्रेसले स्वच्छतामा र एमालेले मेट्रो रेल कुदाउँछु भनेर राजधानीवासीलाई जुन आश्वासन दिएको छ, त्यसमा मतदाता आश्वस्त छैनन् ।
तालमेल भत्कियो : प्रधानमन्त्रीले स्थानीय चुनावपछि सत्ता देउवालाई दिने प्रचार गराइरहेका छन् । यो प्रचारको एउटै लक्ष्य छ, चितवनबाट रेणु दाहाललाई जिताउनु तर कांग्रेस हाउस सानेपामा चिन्ता बढेको छ किनभने पोखरा, चितवन र काठमाडौंमा माओवादीसँग जुन तालमेल भएको थियो, त्यो भत्किसक्यो । चितवनमा एमालेलाई भोट हालिन्छ भन्ने कांग्रेसी नारा छ, पोखरा र काठमाडौंमा हात काटिन्छ तर रुखमा भोट हालिन्न भनेर माओवादी भन्दैछन् । वाह ?