Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

टुक्रियो महासंघ मानसिक रुपमा

२५ सोमबार , बैशाख २०७४७ बर्ष अगाडि

मानसिक रुपमा महासंघ फेरि टुक्रियो भन्दा फरक पर्दैन । पहिले विनोद चौधरीले सिएनआई खोल्न पुगे, अव कुन उत्पात मच्चिने हो कुन्नी ?
पशुपति मुरारकाको डिजाइन सफल भयो, स्वत: नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष बनेकी भवानी राणाले पूर्वअध्यक्षहरुको अपमान गरेपछि एक्लिन पुगेकी छिन् । पूर्वअध्यक्षहरुले बानी नसुधारे यिनलाई सहयोग नगर्ने र बाहिरै बसेर उद्यमी, व्यवसायी र राष्ट्रका पक्षमा काम गर्ने निर्णय गर्दै 
भवानी राणाले दिएको पार्टीसमेत बहिष्कार गरिदिएका छन् । सातो गएकी भवानी राणा यतिबेला सबै पूर्वअध्यक्षहरुको घरघरमा गएर चियाँ खाँदै आफूबाट भएका गल्ती सुधारेर अघि बढ्न तैयार रहेको बताइरहेकी छिन् । तर, पशुपति मुरारकाको घेराबन्दीमा परेर भवानी राणामा राणा सनक किन चढिरहेको छ भन्ने रहस्यकै विषय बनेको छ ।
भवानी राणाले आफू अध्यक्ष भएको खुशीयालीमा वैशाख २० गते सोल्टीमा डिनरको आयोजना गरिन् । त्यो डिनरमा पूर्वअध्यक्ष कोही नआएपछि राणा एक्लिएकी थिइन् । पूर्वअध्यक्ष पद्मज्योति, महेशलाल प्रधान, रविभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी, सुरज बैद्य, पूर्वउपाध्यक्ष भाष्करराज कर्णिकार र आजाद श्रेष्ठले मुरारका मात्र भए पुग्ने भए हामी किन चाहियो, महासंघ चलाए भइहाल्यो नि भनेर तिक्तता पाखेको सुनिएको छ । यिनले महासंघमा भइरहेको उत्पत्तिको प्रमाणपत्र दिदा आयातित लसुन, अदुवा, सुपारीबाट भइरहेको भ्रष्टाचारमा पनि अध्यक्ष राणाको प्रत्यक्ष संलग्नता भएकोमा चिन्ता प्रकट गरेका छन् । खासगरी पूर्वअध्यक्षहरुलाई भूत मन्छिएजस्तो व्यवहार गरेकाले उनीहरु बढी आक्रोसित भएको देखिन्छ ।