Advertisement Banner
Advertisement Banner

१५ बिहिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

यसलाई भन्छन् काँडे कोर्रा

१८ सोमबार , बैशाख २०७४७ बर्ष अगाडि

    काठमाडौं । विशेष अदालतबाट सफाई पाएका यी तीन पूर्व आइजीपीलाई प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले वैशाख १७ गते सुडान घोटाला काण्डमा दोषी ठहर गरिदिएको छ । नेपाल प्रहरीको इतिहासमा ४४ करोडको खरिदमा २८ करोड भ्रष्टाचार गर्ने यी भ्रष्टरथिहरु तिनैजना दण्डित भएर प्रहरी इतिहासमा कलंकित बनेका छन् । ओमविक्रम राणालाई २ वर्ष कैद र ५० हजार जरिवाना, हेमबहादुर गुरुङ र रमेशचन्द्र ठकुरीलाई जनही १ वर्ष कैद र ४० हजार जरिवाना हुने फैसाल भएपछि नेपाल प्रहरीभित्र भुइचालो गएको छ ।
यी आइजीपीत्रयसँगै अतिरिक्त महानिरीक्षक श्यामसिंह थापा र दीपकसिंह थाङ्देनलाई १ वर्ष कैद र ४० हजार जरीवाना तथा डिआइजीद्वय  दीपक श्रेष्ठ र एसएसपी रविन्द्र प्रताप राणालाई ६ महिना कैद र ३० हजार जरिवाना गरिएको छ । विजयलाल कायस्थ, एसएसपी मनोज न्यौपाने, एसएसपी संजय सिंह बस्नेत र एसपी निरज शाहीले सफाइ पाए पनि छन् । ठेकेदार दण्डित भएका छन् ।
    शान्तिमिसन सुडान जाने प्रहरीका लागि एपीसी र बन्दोबस्तीका सामान खरिद गर्ने सन्दर्भमा यो भ्रष्टाचार भएको हो । नयाँ सामान खरिद गर्ने भनेर यिनले ठेकेदारसँग मिलोमतो गरेर पुराना सामानमा रङरोगन गरेर आपूर्ति मिलाएर भ्रष्टाचार गरेका थिए । नेपाल प्रहरीको इतिहासमा यो काण्ड सबैभन्दा गम्भीर मानिएको छ । किनभने आफ्नै मातहतका शान्ति मिसनमा जाने सुरक्षा फौजको ज्यान जोखिममा पार्ने गरी भ्रष्टाचार गरेकाले यो प्रकरण अमानवीय पनि मानिएको छ । स्वार्थका लागि यो हदसम्म गिर्नसक्ने आइजीपीहरुकै कारण नेपाल प्रहरीमा दिनदिनै राजनीतिकरण बढ्दै गएको हो र संसदले बनाएको कानुनको व्याख्या गर्दासमेत प्रधानन्यायाधीशलाई राजनीतिक व्यक्तिहरुले महाभियोग लगाएर प्रधानन्यायाधीशमाथि महाभियोग लगाउनेसम्मको कर्तुत गर्न पुगेका छन् । त्यतिबेला अमानवीय भ्रष्टाचार भयो, यतिबेला न्यायपालिकामाथि अमर्यादित र घृणित राजनीतिक कर्म सुरु भएको कानुनविदहरुले नै बताइरहेका छन् ।